
Rgp
Lnp
Rgp1
Srbpu
Sgr
pku
Unsku
Ggp
Pbu

Hal
Rsb
Ssm
Rgu
Asm
Rgu
Bbbpu
Sbs
Ggd
Ksm
Pvg
Bbu
nsb
Tsm
Wsp
Gst
Vor
Sls
Rgs

Pls
Jmb
Abd
bbt
Ptm
Jmb
Bml
Rmb
Syp
Gsb
Mks
Rpp
sab
दाङ । देउखुरीको राप्ती गाउँपालिका—९, देवीकोटमा रहेको भद्राक्षदेवीको मन्दिरमा बडा दशैँको हर्ष बढाईका साथ फूलपाती भित्र्याइएको छ ।
देवीकोट धार्मिक तथा पर्यटन विकास समिती देविकोटको आयोजनामा यस बर्षको बडा दशैँको फुलपातीका दिन देवीकोटको गाउँबाट ल्याइएको फुलपाती गाउँलेले मन्दिरका पुरोहितलाई हस्तान्तरण गरेपछि हर्ष बढाइँका साथ मन्दिरको दशैँघरमा फूलपाती भित्र्याइएको हो ।
फूलपातीको अवसरमा ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरीले सलामी अपणर् गरी फुलपाती बढाइँ गरेको थियो । फुलपाती कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, सशस्त्र प्रहरी बल २९ नम्बर हेट क्वाटर ज्वालामाई गण भालुवाङका गणपति एसपी गोपाल श्रेष्ठ, राप्ती गाउँपालिका—९ नम्बर वडा अध्यक्ष रिमबहादुर सुनारीमगर, देवीकोट धार्मिक तथा पर्यटन विकास समितीका अध्यक्ष दुर्योधन पाण्डे, उपाध्यक्ष चन्द्रबहादुर जिसी, सचिव टेकबहादुर कार्की र कोषाध्यक्ष झग्गुप्रसाद अधिकारी, बरिष्ठ पत्रकार महेश रिजाल, राप्ती प्रेस मञ्चका बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता र राप्ती गाउँपालिकाका प्रेस परामर्शदाता तुलबहादुर कँवरमगर लगायतको उपयिस्थीति रहेको थियो ।
त्यस्तै फुलपाती सहितको हर्ष बढाइँ कार्यक्रममा नेपाल प्रहरीले राइफल सहित मसुरियाको महिला पन्चेबाजा सहितको टोलीले मार्चपास गरेका थिए । सो अवसरमा भजनकृतन गर्नुका साथै नाचगान समेत गरिएको थियो ।

