
Sgr
Rgp
Unsku
pku
Rgp1
Ggp
Srbpu
Lnp
Pbu

Tsm
Vor
Rsb
Asm
Bbbpu
Pvg
Ggd
Ssm
Rgs
nsb
Sbs
Wsp
Hal
Bbu
Ksm
Rgu
Rgu
Gst
Sls

Syp
Ptm
Gsb
Rmb
bbt
Abd
sab
Pls
Bml
Jmb
Rpp
Mks
Jmb
दाङ । गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउन पहल सुरु भए संगै गढवा गाउँपालिकाले पालिका भित्र उत्पादन भैरहेका सेरामिक सामाग्रीहरु लागि बजारीकरण गर्न सुरु गरेको छ।
गढवा गाउँपालिकाको बिभिन्न वडामा रहेका मुख्य गरी कुमाल समुदायले सेरामिक सामाग्रीहरु सदियौं देखी निर्माण गर्दै आएका छन् तर बजारीकरणको समस्याले गर्दा डराई डराई सेरामिक सामाग्री बनाउने परेको गढवा गाउँपालिका वडा नम्बर ३ खैराका रामलाल थारु कुमालले बताउनुभयो।
‘हाम्रो मुख्य पेशा नै माटोका भाँडा बनाउनु हो तर अधिक मात्रामा बनाए पनि बजारीकरणको समस्या ठुलौ चुनौतीको रुपमा रहेको थियो,गढवा गाउँपालिकाले बजारीकरणमा सहयोग गरेपछी आफुहरु उत्पादनमा बृद्धि गर्ने थारु कुमालले भन्नू भयो ।’ रामलाल थारु कुमाल र राज बहादुर थारु कुमालले निर्माण गरेका सेरामिक सामाग्रीहरु गढवा गाउँपालिकाको कृषि एम्बुलेन्सबाट दाङको तुलसीपुरमा बिक्री वितरणका लागि लगिएको छ।
पांच सय थान गमला र आठ सय थान खुद्रूके थोकदर रेटमा पालिकाको कृषि एम्बुलेन्सबाट बिक्री वितरण गर्न पाउँदा आफुहरुमा धेरै आशा पलाएको राज बहादुर थारु कुमालले बताउनुभयो।खुद्रा मुल्य राम्रो रहेतापनि निर्माण गरेका समाग्रीहरु समयमा बजार नपाउँदा थप समस्या झेल्नु परेको कुमालले बन्नु भयो।
गढवा गाउँपालिकाको खैरा गाँउमा अत्याधिक मात्रमा सेरामिक निर्माण भएको तर बजारीकरणको समस्या रहेको जानकारी पाए पश्चात आफुले गढवा गाउँपालिकाको कृषि एम्बुलेन्स मार्फत सम्बन्धित बजार सम्म पुर्याउने वारे सोच बनाएको र शुक्रबार मात्रै कृषि एम्बुलेन्स मार्फत गमला र खुद्रूके गरी करिव आठ सय सामाग्रीहरु बिक्री बितरण भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो। गढवा गाउँपालिकाले गाउँपालिका भित्र उत्पादन भएका सेरामिक सामाग्री, तरकारी, भेडा बाख्रा, दुध लगायतका सबै थोक बजारीकरणको लागि कृषि एम्बुलेन्स मार्फत सम्बन्धित बजार सम्म पुर्याउने र किसानको आर्थिक अवस्था सुधार गर्ने लक्षले अघि बढेको अध्यक्ष पोख्रेलले बताउनु भयो।
ललितकला प्रज्ञा प्रतिष्ठानसँगको संयुक्त पहलमा परम्परागत सिपलाई आधुनिकीकरण गर्ने र गढवा गांउपालिकालाई सेरामिकको हब बनाउने योजना अनुसार काम सुरु गरिएको पालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । गढवा गाउँपालिकाले परम्परागत रुपमा चल्दै आएको माटाका भाँडा बनाउने व्यवसायलाई व्यवस्थित र आधुनिकीकरण गर्न पहल सुरु गरिसकेको छ। गढवा गाउँपालिकालाई सेरामिककै रुपमै बिकास गर्ने र हब बनाउन ललितकला प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेर अघिबढेको छ।
गढवामा थारु कुमालहरु मात्र माटाका भाँडा बनाउने काममा संलग्न रहेका छन् । गढवा गाउँपालिकाका खैरा, पत्रिङ्गा र गढवा गाउँका थारु कुमालहरु आफ्नो मुख्य पेशाको रुपमा माटाका भाँडा बनाउने काममा वर्षौंदेखि संलग्न रहेका छन् । गढवा गाउँपालिका लाई सेरामिक हबको रुपमा बिकाश गर्न ललितकला प्रज्ञा प्रतिष्ठानको टोलीले गढवा गाउँपालिकाको बिभिन्न ठाउमा सम्भाव्यता अध्ययन गरिसकेको छ।

