
Rgp1
pku
Srbpu
Rgp
Ggp
Pbu
Unsku
Sgr
Lnp

Bbu
Tsm
Gst
Rgu
Sbs
Wsp
Bbbpu
Hal
Sls
Asm
Ksm
Pvg
Vor
Rsb
nsb
Ggd
Rgs
Ssm
Rgu

Jmb
Bml
Gsb
Rmb
Syp
Pls
Mks
bbt
Abd
Ptm
sab
Rpp
Jmb
बाँके । सुरक्षित नागरिक आवास कार्यक्रममा आफ्ना अनुकुलका ब्यक्तीको नाम सिफारिस गरेको पाइएको छ ।
संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्ज बाँकेको गत असोज २५ गतेको पत्र अनुसार राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ ले सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयनका लागि लाभग्राहीको नाम छनोट गरेको थियो ।
नाम छनोट गर्दा गरिब तथा विपन्न परिवारभन्दा पनि वडाका जनप्रतिनिधिले पार्टीका कार्यकर्ता र आफन्त तथा ईष्टमित्रको नाम सिफारिस गरेको पाइएको हो । वडाले छनोट गरेका लाभग्राहीको सूचीमा कतिपय घरमा टिन(जस्तापाता) लगाइसकेका ब्यक्तीको पनि नाम समावेश गरिएको देखिन्छ ।
वडाले आफु अनुकुल ब्यक्तीको नाम सिफारिस गर्दा कयौं गरिव तथा विपन्न परिवार छुटेका छन् । फुसको घरमा उनीहरु बस्न बाध्य भइरहेका छन् । पानी पर्दा छिनभरमै चुहिने समस्याबाट दिनरात कटाईरहेका छन् । कतिपय त घरमा लगाउने भनी खरिद गरेर ल्याएको जस्ता पाता समेत अर्कैलाई बिक्री गरेर लाभग्राहीको सूचीमा आफ्नो नाम पार्न सफल भएका छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कार्यालयले ४० जना लाभग्राहीको नाम छनोट गरेको छ ।
वडा कार्यालयले असोज ३० गते सूचना जारी गर्दै ‘सो सम्बन्धमा कसैको दावी बिरोध भएमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र दाबी बिरोध पेश गर्न’ भनेको छ । यस विषयमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष यमबहादुर खड्काले एउटै समुदायमा बसोबास गर्ने जो कोहीको पनि एकआपसमा नाता हुने भन्दै आफ्नो बचाउ गरेका छन् ।
‘कुसुममा तुलनात्मक हैसियतले केही ब्यक्ती परिवार बाहेक सबै कमजोर आर्थिक अवस्था कै बसोबास गर्ने समुदायको वडा हो,’ सामाजिक सञ्जालमा उनले प्रतिक्रिया दिदै भनेका छन् ‘त्यसैले फुसको छाना विस्थापित गर्ने लक्ष्यले वडा सरकारको योजना अन्तरगत हाल प्रकाशित नामावली बाहेकका घर परिवारको समेत बेलैमा सम्बोधन हुनेछ ।’
त्यस्तै सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयनमा वडा कार्यालयले मनपरी गरेको भन्दै स्थानीय स्तरमा बिरोध भइरहेको छ । वडाबाट छुटाइएका गरिब तथा विपन्न परिवारले आफुहरुसँग भोट मात्रै माग्ने, तर सरकारी सेवा सुबिधाबाट बञ्चित गर्ने गरिएको गुनासो गरेका छन् । सिफारिस गरिएका व्यक्तिहरुको नामा:

