
Srbpu
Rgp1
Lnp
Unsku
Ggp
Pbu
pku
Sgr
Rgp

Sbs
Ksm
Pvg
Rsb
Ssm
Bbbpu
Wsp
Bbu
Rgu
Asm
Hal
Sls
Ggd
Vor
Rgs
Gst
nsb
Tsm
Rgu

Bml
Gsb
Rmb
Syp
Jmb
Pls
Rpp
Mks
bbt
sab
Abd
Ptm
Jmb
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले पालिका भित्रका वडाहरुमा क्रमशः निस्सा बितरण गरि रहेको छ ।
बिगतदेखि पालिका भित्र बसोबास गरिरहेका भुमिहिन सुकुम्बासी,भुमिहिन दलित,विपन्न तथा अव्यवस्थित बसोबासिको लगत संकलन गरेको थियो । सोहो आधारमा छनौटमा परेका भुमिहिन सुकुम्बासी,भुमिहिन दलित,विपन्न तथा अव्यवस्थित बसोबासिहरुलाइ निस्सा बितरण चलेको हो ।
यहीँ क्रममा गाउँपालिले वडा नम्बर २, ३, ४ , ५ र ६ मा निस्सा बितरण गरिसकेको छ । साथै वडा नम्बर १ पुरै र वडा नम्बर ७ को नाका क्षेत्रमा निस्सा बितरणको तयारीमा रहेको पालिकाले बताएको छ ।
गाउँपालिकाको टोलिले मंगलबार वडा नम्बर ७ सिक्टा र गोठुवामा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका लागि निस्सा बितरण गरेको हो ।
निस्सा प्राप्त गरेको प्रमाणपत्रकै आधारमा जग्गा नापजाँच तथा अन्य प्रक्रिया अघि बढ्ने भएकोले यसको संरक्षण गरेर राख्न पालिका अध्यक्ष सरद कुमार बुढाथोकीले अनुरोध गर्नु भयो । क्रमशः निस्सा बितरण सबै वडामा गरि सक्ने र यसपछि अन्य प्रक्रियाको काम थालेर चाडै राजपुरका सुकुम्बासी तथा भुमिहिनहरुलाई धनीपुर्जा उपलब्ध गराईने उहाँले बताउनु भयो ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष धनपती देवि यादवले पालिका भित्र बसोबास गर्ने कोहि पनि जग्गाधनी पुर्जाबाट बन्चित नहुने गरि पालिकाले काम गरिरहेको बताउनु भयो । यस्तै वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलिले चाडैनै वडाका बाकी क्षेत्रमा निस्सा बितरण गरिने बताउनु भयो ।
कार्यक्रम राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर वलीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता र उपाध्यक्ष धनपति देवि यादवको विशिष्ट आतिथ्यता भएको हो । उक्त कार्यक्रममा भुमी ब्यबस्थापन साखा प्रमुख सरद रेग्मी, शाखाका कर्मचारी,वडाका कर्मचारी लगायत स्थानीयबासीहरुको समेत सहभागीतामा रहेको थियो । त्यस्तै अन्य स्थानमा निरन्तर रुपमा निस्सा बितरण कार्य चालू रहने गाउँपालिकाले जनाएको छ ।

