आलोक भावुक/गढवा बुधबार, कार्तिक ०१, २०८०

दाङ । देउखुरीको गढवा गाउँपालिकाले पालिकाको केही स्थानमा क्रस तारहरु र बजार क्षेत्रमा सडकको पेटीसम्म पसल राखेको पाईएकोले त्यस्ता कार्य नगर्न सम्पूर्ण गढवा गाउँपालिकाबासीहरु अनुरोध गरेको छ ।

पालिकाले सोमबार एक अनुरोध पत्र सार्वजनिक गर्दै गाउँपालिकाबासीहरुमा यस्तो अनुरोध गरेको हो । गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अम्मरराज शर्माद्वारा हस्ताक्षरित अनुरोध पत्रमा गढवा गाउँपालिका हुलाकी सडक खण्ड, र लमही कोईलाबास सडक क्षेत्रमा केही स्थानहरुमा क्रस तारहरु अत्यन्त होंचो हुनेगरी तानिएकोले ठुला तथा मालवाहक गाडीहरु आवतजावतमा कठिनाइ हुने गरेको र तारहरु चुँडिदा अनावश्यक विवादमा परिने डरले ठुला सवारीसाधनहरु हिड्नै छोडेको अवस्था सिर्जना भएकोले त्यस्ता तारहरुलाई सम्बन्धीत व्यक्तिहरुले यथासिघ्र ब्यवस्थापन गर्नहुन अनुरोध पत्रमा लेखिएको छ । साथै अनुरोध पत्रलाई व्यवास्ता गरी तारहरु व्यवस्थापन नगरे त्यसबाट हुने क्षति स्वयम् सम्बन्धित व्यक्तिले व्यहोर्नुपर्ने भनिएको छ।

त्यसैगरी चार्डपर्वको समयमा बजार क्षेत्रमा सडकको पेटी सम्म पसल राख्ने गरेको पाईएकोले यसबाट सडकमा आवतजावत गर्ने यात्रुहरुमा असहजता उत्पन्न हुने, असोभनिय देखिने, सडक क्षेत्र साँघुरो हुदा सडक दुर्घटना हुन सक्ने भएकोले त्यस्ता कार्य तत्काल रोक्नु हुन साथै नगर्न सबैमा अनुरोध गरिएको छ । वातावरणमा प्रदूषण कम गर्न नजिकिदै गरेको महान पर्व बडा दशै,तिहार तथा छठ पर्वको अवसरमा हुने कुनै पनि कार्यक्रममा प्लास्टिक जन्य फुलमाला प्रयोग नगर्न गराउन सबैमा अनुरोध गरिएको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]