
Ggp
Gfs
Pbu
pku
Sgr
Lnp
Rgp1
Srbpu
cjs
Rgp
Pes
Unsku
Djs
sbs

Asm
Ksm
Rsb
Rgu
Rgs
Pvg
Bbbpu
Rgu
Tsm
Wsp
Gst
Ggd
nsb
Bbu
Ssm
Hal
Vor
Sbs
Sls

sab
Rmb
Pls
Ptm
Jmb
Syp
Abd
Rpp
Jmb
Mks
Gsb
Bml
bbt
दाङ । लमही नगरपालिका वडा नम्बर ७ बन्गै र कमानपुरमा कुकुरलाई छोप्दै भ्याक्सिन लगाईएको छ ।
छाडा तथा घरपालुवा सबै कुकुरलाई रेबिज भ्याक्सिन लगाईएको हो । बहुला कुकुर बाट किटानु सरेको हुनसक्ने आशँका गर्दै बस्तिका छाडा तथा घरपालुवा कुकुर हरुलाई भ्याक्सिन लगाईएको लमही नगरपालिका पशु स्वास्थ्य शाखा प्रमुख शिबराज न्यौपानेले बताए ।
पशु स्वास्थ्य शाखाका कर्मचारी,वडाका कर्मचारी, स्थानिय प्रहरी,टोल बिकाशका पदाधिकारी, स्थानिय युवा तथा समाजसेवी, बुद्धिजीवी लगायतको सहयोगमा बस्ती बस्तीमा डुलेर छाडा तथा घरपालुवा गरि ४० वटा कुकुर हरुलाई भ्याक्सिन दिईएको हो ।
केहीदिन अघि बहुला कुकुरको टोकाईबाट त्यहा १० जना घाईते भएका छन । घाईतेहरुको नेपालगञ्ज, बुटवल र काठमाण्डौ उपचार भईरहेको छ ।
घाईते हुनेहरुमा बर्ष ३९ को भोजलाल चौधरी, बर्ष ३७ को शोभाराम शर्मा, बर्ष ७२ को रामु चौधरी, बर्ष ४२ को मखिलाल चौधरी, बर्ष ५५ कि शान्ती चौधरी, बर्ष ५५ कि जानकी चौधरी, बर्ष ८ कि सीता चौधरी र गढवा गाउँपालिका वडा नम्बर ५ निवासी बर्ष ३५ को रेवती यादब, बर्ष १३ कि बिष्णु चौधरी र बर्ष ९ कि अनुस्का चौधरी घाईते भएका छन । जसमध्य रामु चौधरीको बुटवलबाट रिफर भएर काठमाण्डौ उपचार भईरहेको बन्गै टोल बिकाश सँस्थाका सचिब कुमोद देवकोटाले बताए ।
धेरैको सँख्यामा कुकुरले टोकेपछी स्थानिय त्रसित थिए । बहुला कुकुरले अन्य कुकुरलाई पनि टोकेको हुन सक्छ । बहुला कुकुरको टोकाईले अन्य कुकुर पनि बहुला बन्न सक्छन । फेरी आतँक मच्याउन सक्छन भन्दै पहिले नै सचेत भएर प्रत्यक कुकुरलाई भ्याक्सिन लगाउन निर्देशन दिईएको वडाध्यक्ष मोहन गिरीले बताए ।
कुकुरहरुलाई भ्याक्सिन दिईएपछि त्रसित हुनुपर्ने बाध्यता हटेको छ ।

