टेकबहादुर पुन/जिल्ला ब्युरो शुक्रबार, आश्विन १९, २०८०

दाङ । लमही-७ मा कान सम्बन्धीका बिरामीहरुको नि:शुल्क उपचार गरिएको छ ।

लमही नगरपालिका वडा नम्बर ७ को आयोजनामा वडा अन्तरगतका कानका बिरामी हरुको नि:शुल्क उपचार गरिएको वडाध्यक्ष मोहन गिरीले बताए । जसले गर्दा आर्थिक अभाबले उपचारबाट बञ्चित भएका बिरामी हरुलाई सहज भएको छ ।

वडाका बिरामीहरुलाई स्वास्थ्यको पहुँच सम्म पुराउने उद्देश्यले पहलकदमी थालिएको स्थानिय समाजसेवी किशोर कुमार घर्ती मगरले बताए । वडामा कानका बिरामी धेरै भएको र जसका लागी शिबिर आबस्यक रहेकोले शिबिर सञ्चालनमा वडासँग सहकार्य गरिएको जनाए ।

ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगञ्जको प्राबिधिक सहयोगमा वडाका १ सय ३४ जनाको कान उपचार गरिएको हो । सामुदायिक सेवाले बिरामीहरुलाई निशुल्क औषधीपनी बितरण गरेको छ ।

नि:शुल्क उपचार पाईने भएपछि वडाका अधिकाँस बिरामीहरु शिबिरमा सहभागी थिए । जसमध्य २० जना कान पाक्ने बिरामी, ९ जना अप्रेशन गर्नुपर्ने, ७ जना मेसिन जडान गर्नुपर्ने र अन्य सफा गरिरहनुपर्ने बिरामी फेला परेको सामुदायिक सेवाका स्वास्थ्य प्राबिधिक दामोदर चौधरीले जानकारी दिए ।

त्यस्तै कान सम्बन्धी विशेष उपचार गर्दै आएको ब्रिनोज सामुदायिकले शिबिरमा फेला परेका मेसिन जडान गर्नुपर्ने, अप्रेशन गर्नुपर्ने बिरामीहरुलाई १० प्रतिसत छुटमा उपचार गर्ने जनाएको छ । ब्रिनोज सामुदायिक सेवाले लमही नगरकै ४ नम्बर वडामा पनि शुक्रबार नि:शुल्क शिबिरको आयोजना गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]