Sidha Patra बिहिबार, आश्विन १८, २०८०

बाँके । बाँके जिल्लाको नेपालगञ्जमा मंगलबारदेखि लगाइएको कर्फ्यु आजदेखि दिउँसोको समयमा हटाइएको छ । मंगलबारदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु दिउँसोको समयमा हटाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना निकालेर बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्मका लागि नेपालगञ्ज क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको हो । बेलुका ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने कर्फ्यु कायमै रहेको सूचनामा उल्लेख छ । कर्फ्यु आंशिक रुपमा हटाइए पनि निषेधाज्ञा भने जारी छ ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनु भयो । कर्फ्यु आंशिक रुपमा हटेसँगै बाँकेको नेपालगञ्जको अवस्था सामान्य बन्दै गएको छ । मंगलबार र बुधबारको तुलनामा बिहीबार नेपालगञ्जमा चहलपहल केही बढेको छ । बुधबार बसेको सर्वपक्षीय बैठकले कर्फ्यु खुकुलो बनाउँदै लगेर हटाउने निर्णय गरेको थियो ।

यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्तिसुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुन सबै पक्षलाई अपिल गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]