
Jsbus
Gsl
Nssbus7
Ratbs
Amb
Csbus
Ssbus
Rbs
gms
dsbus
Pbu
Gsbus
Ddhbs
Bksbus5

Asm
Hal
Tsm
Ggd
Sbs
Rgu
Vor
Gst
Pvg
Bbbpu
Ssm
Rsb
Ksm
Rgs
Bbu
Sls
Rgu
nsb
Wsp

Bml
Mks
Rmb
Jmb
bbt
Ptm
Abd
Rpp
Syp
Pls
Jmb
Gsb
sab
दाङ । गुरुकुल एकेडेमीमा कक्षा ७ देखि १० सम्मका छात्राहरुको साडि लगाउने प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।
घोराहीमा रहेको गुरुकुल एकेडेमीको आयोजनामा भएको उक्त साडि लगाउने प्रतियोगितामा कक्षा ७,८,९ र १०का छात्राहरु सहभागि भएका थिए ।
प्रतियोगिता २ समुहमा विभाजन गरी सम्पन्न गरीएको प्रतियोगिताका संयोजक तथा विद्यालयका सहयाक प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो । विद्यालयको बार्षिक क्यालेन्डर अनुसार विद्यार्थि छात्राहरुलाई आत्म सिप संगै सर्वाङगिन विकास गर्ने उद्धेश्य अनुरुप महिलाहरुले लगाउने पोशाक साडि लगाउन सिकाउने हेतुले उक्त कार्यक्रम आयोजना गरीएको हो ।
पहिलो चरणको प्रतियोगिता जसमा कक्षा ७ र ८का छात्राहरु सहभागि थिए । जसमा कक्षा ८ कि छात्रा प्रजिता केसि छिटो र राम्रो साडि लगाएर प्रथम स्थान हासिल गरेकिछिन भने विधि आचार्य दोस्रो र कक्षा ८ कि सुनम घिमिरे तेस्रो स्थान हासिल गरेका छन् । अर्को समुह अन्तर्गत कक्षा ९ कि छात्रा अंशु खनाल प्रथम ,कक्षा १० कि सुभेच्छया पौडेल द्धतिय , कक्षा ९ कि सुम्निमा बोहरा तृतिय स्थान हासिल गर्न सफल भएका छन । प्रतियोगिताका विजेताहरुलाई ट्रफि र प्रमाण पत्रले सम्मान गरीएको थियो ।
त्यस्तै प्रतियोगिताको निर्णायकमा मन्टेस्वरी संयोजक लोचना पौडेल,शिक्षिका आशा चौधरी र सुनिता पुन रहनुभएको थियो ।गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण विद्यालयका आइएसए संयोजक तथा शिक्षक इन्द्र पोख्रेलले गर्नुभएको थियो । कार्यक्रमको संयोजकमा सहायक प्रधानाध्यापक मुकुन्द गिरी रहनुभएको थियो ।
