दिपक ओली/घोराही शुक्रबार, आश्विन १२, २०८०

दाङ । देउखुरीको लमहीमा गुरुकुल एकेडमीको भवन शिलान्यास गरिएको छ ।

आउने शैक्षिक सत्रदेखि कक्षा ९ सम्म पढाई सञ्चालन गर्ने उद्देश्यका साथ बिहीबार दाङको लमहीमा गुरुकुल एकेडमीले विद्यालय भवन बनाउन थालेको हो ।

लमही नगरपालिका वडा नम्बर ५ स्थित गोरक्ष रत्ननाथ मन्दिर क्षेत्रको ३० कट्ठा जग्गामा विद्यालय भवन बनाउन थालिएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्कार सहितको शिक्षा प्रदान गर्ने उद्देश्यले लमहीमा गुरुकुल एकेडेमी सञ्चालन गर्न थालिएको जानकारी गराइएको छ ।

मान्छेलाई पूर्ण मान्छे बनाउने उद्देश्यले फरक शैलिबाट पठनपाठन गराइने अध्यक्ष घिमिरेले बताउनु भयो । जीवनकला सिकाउन सकियो भने समाजको सबै पक्षको संरक्षण हुने उल्लेख गर्नु भयो । घोराहीमा गुरुकुल एकेडमीको सफलतापछि देउखुरीको लमहीमा पनि विद्यालय सञ्चालन गर्न थालिएको हो । तीन तलाको भवन बनाउने काम सुरु भएको छ । विद्यालयका अध्यक्ष घिमिरेले भवनको शिलान्यास गर्दै आउँदो वर्षदेखि नियमित पठनपाठन सुरु गर्ने बताउनु भयो ।

कार्यक्रममा गोरक्ष रत्ननाथ मन्दिरका मठाधिस सुरतनाथ योगीले संस्कृत र वेद शिक्षाको कक्षा समेत सञ्चालन आग्रह गर्नु भयो । गुरुकुल एकेडमीका प्रधानाध्यापक डाक्टर कृष्णराज डिसीले विद्यार्थीलाई प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले विद्यालय सञ्चालन गरिएको बताउनु भयो साथै उहाँले देशको सामाजिक र सर्वाङ्गीन पक्षको विकास हुने बताउनु भयो ।

कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष लिलाराम खनाल,पत्रकार केपि घिमिरे, लमही जेसीजका अध्यक्ष फणाधर ढकाल लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्नेहरुले लुम्बिनि प्रदेशको राजधानीमा गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्था आबश्यक रहेको र यो आबश्यकता गुरुकुल एकेडेमीले पुरा गर्न लागेकोमा आफुहरु खुसि भएको बताउनु भएको थियो । उक्त शिलान्यास समारोहको औपचारीक कार्यक्रमको सहजीकरण गुरुकुल एकेडमीका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले गर्नु भएको थियो । गुरुकुल एकेडेमी लमहीको संस्थापक रुपमा कमलजंग सिंह ठकुरी,शित्तल भुसाल,रामचन्द्र शर्मा रहनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]