
Ksb
Usb
Ssb
Ssb
jsb
Ppu
Gsb
Rsb
Ksb
Bsn
Ksb
Fmb
Tgp
Rks
Nsb
Csb

Tsb
Usb
Gsb
Ssb
Hl1

Nps
Rgu
ptl
कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाँउ पालिका वडा नम्बर ७ गणेशपुरमा आज नेकपा माओबादी केन्द्रको जनतासंग माओबादी विशेष रुपान्तरण अभियान कार्यक्रममा सम्पन्न भएको छ।
नेकपा माओबादी केन्द्रका विजयनगर गाँउपालिका अध्यक्ष नूरूल खानको अध्यक्षता तथा प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व युवा तथा खेल्कुद मन्त्री महेश्वर जंग गहतराज (अथक), विशिष्ट माओबादी केन्द्रका केन्द्रीय सल्लाहकार एहसान अहमद खान, नेकपा माओबादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य मौलाना मशहूद खां नेपाली,नेकपा माओबादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य रूद्र लाल बन्जाडे, अतिथिमा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक बिष्णु प्रसाद बेल्बासे, नेकपा माओबादी केन्द्रका कपिलवस्तु जिल्ला सचिव हजरत अली लगायत रहेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अथकले मधेसी जनता बिना वर्दीका सिपाही हुन । कार्यक्रममा बोल्दै रूद्रलाल बन्जाडेले शुसासन,सामाजिक न्याय र समृद्धिका लागि अघि बढ्नुपर्ने, भ्रष्टाचार विरूद्धको अभियान सबै जनसमुदाय मिलेर लाग्नुपर्ने,मुश्लिम, मधेसी,महिला,दलित लगायतका हक अधिकारका निम्ति संगठीत भइ लाग्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्रका केन्द्रीय सल्लाहकार एहसान अहमद खानले पार्टीका राष्ट्रीय अध्यक्ष पुष्प कमल दहाल( प्रचण्डले ) पार्टीका साथी हरूलाई गरीब जनताको घरघरमा पुगेर पार्टी लाई थप मजबूत बनाई जनताको भलाईको काम गर्न निर्देशन गरे बमोजिम आफूहरू काम गरि रहेको बताए।
कार्यक्रममा बोल्दै प्रदेश सदस्य मौलाना मशहूद खां नेपाली ले कार्यक्रममा उपस्थित सबै प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै विजयनगरको गणेशपुरमा माओबादी केन्द्रका साथीहरू संघर्ष गरेको ठांउ तथा इतिहास बोकेको ठांउ रहेको बताउदै सरकार माओबादी केन्द्रकै नेतृत्वको सरकारले सहिद हरूको सपना साकार गरेर छाड्ने बताए ।
कार्यक्रममा बोल्दै बिष्णु प्रसाद बेल्वासेले हिजो पनि माओबादी जनताको अधिकार दिलाउन लडेको थियो आज पनि जनता लाइ पूर्ण अधिकार दिलाउनका लागि निरन्तर संघर्षमा नियमित लागेको बताए । कार्यक्रममा बोल्दै हजरत अलीले माओबादी केन्द्रले मुस्लिम,मधेसी लगायत सबैको अधिकार दिलाएको छ हाम्रो पार्टीको बारेमा जो संग जति पनि छलफल गर्न सक्ने बताए।
कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष नुरुल खानले माओबादी केन्द्र विजयनगरमा कमजोर हुने छैन्। अब विजयनगर माओबादी केन्द्रमै हुने जिक्र गरे । कार्यक्रममा विजयनगर गाँउ पालिकाका लगभग सयौँको संख्यामा अरू पार्टी परित्याग गरि माओबादी केन्द्रमा प्रवेश गरेको आयोजकले जनाएको छ। कार्यक्रम संचालन सुदिप सारूले गरेका थिए।
