
Msbus
Sdc
Ggp
Ksbus
Lnp
Ggp
Asbus
Ksbus
Rgp


दाङ । महेन्द्र बहुमुखी क्याम्पस घोराहीको मानविकी संकायका दोस्रो वर्षका विद्यार्थीद्वारा पीआरए ( Participatory Rural Appraisal) सहभागितामूलक ग्रामिण लेखाजोखा पद्धतिको अभ्यास प्रतिवेदन पुस्तकालयमा हस्तान्तरण गरेको छ।
विए दोश्रो वर्षका अध्ययनरत छात्र गणेश पौडेलको संयोजकमा प्रतिवेदन तयार पारिएको हो। प्रतिवेदन हस्तान्त्रण कार्यक्रममा क्याम्पस प्रमुख भरतराज न्यौपाने,समाजशास्त्र विषयका प्राध्यापक हरी रावत, पुस्तकालय प्रमूख कमला पाैडेल,स्ववियु सभापति मनाेज शर्मा,विद्यार्थीको तर्फबाट सुरेन्द्र पुन र देवा भुसालले शैक्षिक र पीआरए बारेमा र शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण समीक्षा लामिछानेले गर्नु भएको थियो।
