
Lnp
Sdc
Ggp
Rgp
Ksbus
Asbus
Ggp
Msbus
Ksbus


दाङ । राप्ती गाउँपालिका शिक्षक तथा विद्यालय नर्सहरुलाई एक दिने आधारभूत आँखा उपचार सम्बन्धि तालिम प्रदान गरिएकाे छ ।
तिलगंगा सर्जिकल आँखा केन्द्र सिसहनियाँकाे आयोजना तथा राप्ती गाउँपालिकाको समन्वय र फ्रेड हलाेज फाउन्डेसनको सहयोगमा स्वास्थ्य चाैकी सिसहनियाँकाे हलमा तालिम प्रदान गरिएको हो ।
त्यस्तै तालिमको उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आँखा बिना संसार नै अन्धकार हुन भन्दै त्यसको सरसफाइ तथा उपचारमा विशेष ख्याल पर्ने बताउनुभयो। उहाँले भन्नू भयो -“आँखा अति सम्वेदनसील अंग हाे। यसकाे विशेष ख्याल गर्नु पर्छ ।”यस प्रकारको तालिम पालिकामै पहिलो भएको भन्दै अध्यक्ष विष्टले आँखाकाे आधारभूत उपचार जस्तो तालिम आफैमा महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले राप्ती गाउँपालिका र हलाेज फाउन्डेसनको सहयोगमा आँखा कम्जोर भएका विद्यार्थीहरुलाई अधिकतम १ हजार रुपैयाँ सम्मकाे चस्मा नि:शुल्क उपलब्ध गराउने समेत जानकारी दिनु भयो ।
आँखा उपचार केन्द्र सिसहनियाँका ईन्चार्ज बिमल बिसीका अनुसार पालिकाकाे वडा नं.१ देखि ७ सम्मका सामुदायिक विद्यालयका शिक्षकहरुलाई भदौ २२ गते र वडा नं.८ र ९ का सामुदायिक विद्यालय र ९ वटै वडाका संस्थागत विद्यालयहरुका शिक्षकहरूलाई २३ गते तालिम प्रदान गरिएकाे हाे।
तालिममा आँखामा हुने समस्या,आँखाको हेरचाह, समस्या भए गरिने घरेलु उपचार लगायतको विषयमा जानकारी गराइएको इन्चार्ज बिसीले बताउनुभयो ।गाउँपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयका ४५ जना शिक्षकहरुकाे सहभागीता रहेको तालिमको प्रशिक्षकमा कार्यक्रम संयाेजक हस्त बहादुर राई,संजीव महत,राजेन्द्र सिंह धामी र विमल बिसी रहनु भएको थियो ।
