
Ssbus
Gsl
Lsbus
Ssbus
Ksbus
Csbus
Rsbus
bpmhl
gms
Bsbus
Nssbus7
Ksbus
Pbu
Jsbus
Ssbus
Bksbus5
dsbus
Ksbus
Gsbus

Ssm
nsb
Sls
Sbs
Rgu
Rsb
Tsm
Gst
Wsp
Ksm
Asm
Pvg
Rgs
Bbbpu
Ggd
Vor
Bbu
Hal
Rgu

Rmb
Abd
Rpp
Jmb
bbt
Ptm
Bml
Mks
Pls
Jmb
sab
Gsb
Syp
दाङ । देउखुरीको राप्ती गाउँपालिकले ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।
“दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरता प्रवर्द्धन ” भन्ने मूल नाराका साथ सम्पन्न भएको उक्त दिवसकाे अवसरमा पालिकाले आधारभूत र माध्यमिक तहका विद्यार्थीहरुलाई छुट्टाछुट्टै शिर्षकमा वक्तृत्वकला,कविता वाचन र निबन्ध प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको पालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिनु भयो ।
त्यस्तै पालिकाले प्राथमिक र आधारभूत तहका विद्यार्थीहरुलाई पनि फरकफरक विषयमा चित्रकला प्रतियोगिता सम्पन्न गरेको शाखा प्रमुख विकले बताउनुभयो। कविता वाचन प्रतियोगितामा छात्रा तर्फ नवप्रतिभा आधारभूत विद्यालय पाखापानीकी खुशी थापा मगर प्रथम ,पब्लिक एजुकेसन एकेडेमी बराखुट्टीकी सजिना आचार्य द्वितीय र ज्ञानाेदय माध्यमिक विद्यालय पत्थरगढवाकी सुनिता शेर्पा तृतीय भएकी थिइन्।भने छात्र तर्फ सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँका टिकाराम भुसाल प्रथम,पब्लिक एजुकेसन एकेडेमी बराखुट्टीका अंकुश खनाल द्वितीय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङ्गका हर्षित गुप्ता तृतीय भएका थिए।
त्यस्तै वक्तृत्वकला प्रतियोगितामा छात्रा तर्फ ज्ञानाेदय माध्यमिक विद्यालय पत्थरगढवाकी सुनिता शेर्पा प्रथम ,नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङ्गकी सुष्मा भण्डारी द्वितीय र माध्यमिक विद्यालय माैरीघाटकी अनिसा खनाल तृतीय भएकी थिइन्।भने छात्र तर्फ सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँका तारा प्रसाद शर्मा प्रथम ,गाेर्खा आइडियल स्कुल लालमटियाका प्रिन्स बाेहरा द्वितीय र पब्लिक एजुकेसन एकेडेमी बराखुट्टीका लिलामणी पाैडेल तृतीय भएका थिए।
आधारभूत तहमा निबन्ध प्रतियोगितामा छात्रा तर्फ गाेल्डेन फ्युचर इङलिस स्कुल बिजाैरीकी अनु चाैधरी प्रथम ,लिटिल एञ्जल स्कुल भालुवाङ्गकी नियुक्ति बुढा मगर द्वितीय र गाेर्खा आइडियल स्कुल लालमटियाकी इच्छा केसी तृतीय भएकी थिइन् ।भने छात्र तर्फ गाेर्खा आइडियल स्कुल लालमटियाका रिजन चन्द प्रथम ,सिद्वार्थ इङलिस स्कुल माैरीघाटका अरुण गुप्ता द्वितीय र लिटिल एञ्जल स्कुल भालुवाङ्गका सन्देश सुवेदी तृतीय भएका थिए।
त्यस्तै साेही प्रतियोगितामै माध्यमिक तहमा छात्रा तर्फ माध्यमिक विद्यालय रुपाकाेटकी कुस्मा वली प्रथम ,पब्लिक एजुकेसन एकेडेमी बराखुट्टीकी साेनिया भण्डारी द्वितीय र माध्यमिक विद्यालय माैरीघाटकी सृष्टि गिरी तृतीय भएकी थिइन् ।भने छात्र तर्फ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङ्गका ललित घर्ती मगर प्रथम ,आदर्श नमुना माध्यमिक विद्यालय लालमटियाका मिलन पाेख्रेल द्वितीय र सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँका राजिब याेगी तृतीय भएका थिए।
चित्रकला प्रतियोगितामा आधारभूत तहमा छात्रा तर्फ माध्यमिक विद्यालय रुपाकाेटकी तबसुन खातुन प्रथम ,गाेल्डेन फ्युचर इङलिस स्कुल बिजाैरीकी प्रविना चाैधरी द्वितीय ,गाेर्खा आइडियल स्कुल लालमटियाकी लेखा सुवेदी र सिरिनभ्यालीपब्लिक स्कुल माैरीघाटकी जस्मिना नाथ तृतीय भएकी थिइन् ।भने छात्र तर्फ सिरिनभ्यालीपब्लिक स्कुल माैरीघाटका याेगेश चाैधरी प्रथम ,दिपज्याेती इङलिस स्कुल सिसहनियाका अनमाेल परियार द्वितीय र गाेर्खा आइडियल स्कुल लालमटियाका निरज अधिकारी तृतीय भएका थिए।
त्यस्तै साेही प्रतियोगितामै प्राथमिक तहमा छात्रा तर्फ माध्यमिक विद्यालय माैरीघाटकी स्नेहा चाैधरी प्रथम ,पब्लिक एजुकेसन एकेडेमी बराखुट्टीकी आयुषा शर्माले द्वितीय र मुनलाइट इङलिस स्कुल लालमटियाकी अन्सिका थापा मगर तृतीय भएकी थिइन् ।भने छात्र तर्फ सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँका राहुल सुनार प्रथम,दुर्गा भवानी आधारभूत विद्यालय मसुरियाका सुभास चाैधरी द्वितीय र माध्यमिक विद्यालय माैरीघाटका सुसान्त नेपाली तृतीय भएका थिए।
पालिकाले प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई क्रमश ४ हजार ,३ हजार र २ हजार नगद सहित प्रमाणपत्र प्रदान गरि पुरस्कृत गरेको छ।
दिवस राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
साे अवसरमा बाेल्दै मन्त्री गुप्ताले लुम्बिनी प्रदेशलाई शिक्षाको क्षेत्रमा देशकै नमुना प्रदेश बनाउने गरि काम भइरहेको बताउनुभयो।प्राविधिक र सिपमुलक शिक्षाले मात्रै सम्वृद्व देश बन्न सक्ने भन्दै उहाँले त्यस तर्फ सबैले ध्यान दिनु पर्ने कुरामा जाेड दिनुभयो ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रतियोगितामा सहभागी विद्यार्थीहरुकाे क्षमताको उच्च प्रसंसा गर्दै वर्तमान अवस्थामा ज्ञान सँगसँगै सीप र संस्कारयुक्त शिक्षा हुन अवश्यक रहेको कुरा औंल्यानु भयो ।
त्यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले हाल पालिकाकाे समग्र साक्षरता दर ७९.४ प्रतिशत रहेको बताउदै अगामी दिनमा त्यस दरलाई बढाउने गरि काम गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा ३ नं. वडा अध्यक्ष उमेश अधिकारी ,६ नं.वडा अध्यक्ष दिपक कुमार चाैधरी ,कार्यपालिका सदस्यहरु ,शिक्षा समितिका सदस्यहरु,विभिन्न सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरु,स्काउट शिक्षकहरु,संचारकर्मी लगायत विद्यार्थीहरुकाे सहभागीता रहेको थियो ।
पालिकाका सामाजिक विकास समितिका संयाेजक तथा वडा नं.२ का वडा अध्यक्ष पहलवान चाैधरीकाे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गर्नु भएको थियो ।


