Sidha Patra बुधबार, भाद्र २०, २०८०

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल विजयी भएका छन् । पदाधिकारीमा एक उपसचिवबाहेक अरु सबै विष्णु पौडेल पक्षका कंडेल प्यानलकै उम्मेदवारहरु विजयी भएका छन् ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षका अर्का उम्मेदवार प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै कंडेल विजयी भएका हुन् ।

विजयी कंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले जानकारी दिए ।

अध्यक्षमा विजयी कंडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट हुन् भने रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि उनीहरु प्यानलसहित चुनावमा प्रतिस्पर्धा गरेका थिए । पदाधिकारीमा एक उपसचिवबाहेक अरु सबै विष्णु पौडेल पक्षका कंडेल प्यानलकै उम्मेदवारहरु विजयी भएका छन् ।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मतसहित विजयी हुँदा रुपन्देहीकै विश्वराज बराल ३०६ मत पाएर पराजित भए । खुल्ला उपसचिवमा रोल्पाका पूर्णबहादुर बुढामगर ४१८ मत पाएर विजयी भएका छन् । उनी शंकर पोखरेल निकटका हरि रिजालको प्यानलबाट उम्मेदवार बनेका थिए । कंडेल प्यानलका अर्का प्रत्यासी दुर्गाबहादुर चौधरी ३९३ मत पाएर पराजित भए ।

त्यस्तै महिला उपसचिवमा लिला राना ३५२ मत पाएर विजयी हुँदा प्रतिस्पर्धी बसन्ती अधिकारीले ३५१ मत पाएर पराजित भइन् । पदाधिकारीमा एक उपसचिव पूर्ण बुढा मगर बाहेक अरु सबै राधाकृष्ण कंडेलकै प्यानलका उम्मेदवारहरु विजयी भएका छन् । सचिवमा निर्विरोध निर्वाचित लक्ष्मण आचार्य पनि कंडेल पक्षका हुन् । यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । घिमिरे पनि कंडेल प्यानलका हुन् ।

जम्मा एक हजार ५ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ४० जना प्रतिनिधि मतदानमा उपस्थित भएनन् । भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।भूगोल तर्फ रुपन्देही,गुल्मी,बाँके र दाङ जिल्ला गरी चार जिल्ला,लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो । ५ पदाधिकारी र १५ जना खुल्ला सदस्य सहित प्रदेश कमिटी २०५ सदस्यीय रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]