
Amb
Sdc
ksbus


दाङ । देउखुरी माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यवसायि संघ लमही दाङले आज दाङकाे पर्यटकीय क्षेत्र कुलपानीमा बृक्षाराेपण तथा डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।
देउखुरीलाई चिनारि दिने उदेश्यले दाङकाे गढवा गाउँपालिका वडा नं १ मा रहेकाे कुलपानी पर्यटकीय क्षेत्रलाई व्यवस्थित तथा पार्कमा साैन्दर्य थप हाेस् भनी बृक्षाराेपण तथा डस्टबिन बितरण गरिएकाे संघका अध्यक्ष जागेश्वर बसेलले बताउनु भयाे । पर्यटकीय नगरी बनाउन हामि व्यवसायिले सक्ने सम्मकाे सहयाेग गर्ने बताउदै अध्यक्ष बसेलले देउखुरिकाे पर्यटकीय क्षेत्रमा माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यबसायि संघ हरेक कुरामा सकारात्मक रहि काम गर्दै आएकाे र गर्ने कुरामा प्रतिबद्ध रहेकाे जानकारी गराउनु भयाे ।
त्यस्तै विभिन्न प्रजातिकाे रूख तथा फुलहरू २५ बढी लगाई कुलपानी क्षेत्रकाे प्रबर्द्धन थाेरै टेवा पुर्याएकाे संघका उपाध्यक्ष जितेन्द्र गुप्ताले बताउनु भयाे । काम गर्न हरेक क्षेत्रबाट सकिन्छ हामी समाजमै काम गर्छाै भनेर आएका छौं,आजकाे कार्यक्रम देउखुरीमा कुलपानी पर्यटकीय क्षेत्र हाे भनि चिनाउन तथा यस क्षेत्रकाे फाेहाेर व्यवस्थापन तथा बृक्षाराेपण गरि यसकाे साैन्दर्ण बढाउन गरिएकाे उपाध्यक्ष गुप्ताले बताउनु भयाे । संघले यसअघि बृद्धा आश्रममा सहयाेग,रक्तदान कार्यक्रम,विपन्न परिवारमा सहयाेग समेत गर्दै आएकाे महासचिब राजेश कुमार गुप्ताले बताउनु भयाे ।
हामी समाजिक क्षेत्रमा सदैब लाग्ने बताउदै गुप्ताले सबै व्यवसायी एकजुट हुनु पर्ने कुरामा जाेड दिनुभयाे । माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यवसायी गर्ने साथिहरू एक जुट हाैं, ब्यवसायसकाे निम्ति तथा समाजसेवामा हामी हातेमालाे गरि जानुपर्नेमा महासचिव गुप्ताले जाेड दिनुभयाे । संघका अध्यक्ष जागेश्वर बसेलकाे अध्यक्षता तथा कुलपानी सामुदायिक वनका अध्यक्ष नवराज शर्माकाे प्रमुख आथित्यतामा सम्पन्न बृक्षाराेपण तथा डस्टबिन वितरण कार्यक्रमकाे सहजिकरण महासचिव राजेश कुमार गुप्ताले गर्नु भएकाे थियाे ।

