
Ggp
Lnp
Asbus
Sdc
Msbus
Ksbus
Ggp
Rgp
Ksbus


दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको पब्लिक एजुकेशन एकेडेमीको प्रधानाध्यापकमा चम्पकराज कार्की नियुक्त भएका छन् । यस अघिका प्रधानाध्यापक विक्रान्त ज्ञवालीको कार्यव्यस्तताका कारण सञ्चालक समिति सँगको सहमतीमा नयाँ प्रधानाध्यापकको रुपमा कार्कीलाई नियुक्त गरिएको हो ।
सञ्चालक समितिका अध्यक्ष हिमानन्द पाण्डेको अध्यक्षतामा बिहिवार बसेको बैठकले कार्कीलाई प्रधानाध्यापकमा नियुक्त गरेको हो । प्रधानाध्यापकमा नियुक्त भएका कार्कीले शुक्रवार पदभार ग्रहण गर्नुका साथै जिम्मेवारी समेत सम्हालेका छन् भने निवर्तमान प्रधानाध्यापक ज्ञवालीले पद हस्तान्तरण गर्नुका साथै नयाँ प्रधानाध्यापक कार्कीको सफल कार्यकालको कामना गर्दै स्वागत तथा बधाई दिनुका साथै धन्यवाद ज्ञापन गरेका थिए ।
राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी निवासी निर्वतमान प्रधानाध्यापक ज्ञवालीले १२ वर्षदेखि अध्यापनरत छन् भने ७ वर्ष प्रधानाध्यापकको जिम्मेवारीमा रहेका थिए । यस्तै राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट निवासी नवनियुक्त प्रधानाध्यापक कार्की पनि १२ वर्षदेखि अध्यापनरत रहेको र १ वर्ष सहायक प्रधानाध्यापकको जिम्मेवारीमा रहेका थिए ।
