
Ggp
Lnp
Asbus
Rgp
Msbus
Ksbus
Ksbus
Sdc
Ggp


दाङ । तिब्र गति ( ओभर स्पीड ) बाट हुँइकिने सवारी साधनको नियन्त्रणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले राडरगनबाट सवारीको चेकजाँच सुरु गरेको छ ।
गति सिमा नाघी गाडीहरु चलाउँदा कतिपय सवारी दुर्घटना हुने भएकोले सवारी दुर्घटना न्यूनीकरणका लागि स्पिड चेकिङ सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले जानकारी दिनु भएकोछ। बुधवार महेन्द्रराजमार्गको लमही- भालुबाङ सडक खण्डमा तिब्र गतिबाट चलाइएका सवारीसाधनहरु चेकजाँच सुरु गरिएको छ ।
त्यस्तै उक्त चेकजाँचमा साना तथा ठूला गरि १५ वटा सवारी कार्वाहीमा परेकाछन भने २५ वटा सवारीसाधनहरुका चालकलाई सम्झाइ बुझाइ गरि छोडिएको प्र.नि. मल्लले जानकारी दिएका छन् । राडरगनबाट चेकजाँच गर्दा समथल सडकमा दुई सय मिटर टाढाको दृश्य सफा देखिने गरि गुडिरहेको सवारी साधनको अगाडिबाट राडरगनको ट्रेगर थिच्दा स्पीड मापन गर्ने गर्दछ । राजमार्गको हकमा ६० किलोमीटर प्रतिघन्टा र भित्री सडकमा ४० किलोमिटर प्रतिघन्टा हुनु पर्नेछ। उक्त स्पीड भन्दा राडरगनले बढी देखाए त्यस्तो सवारीसाधनलाई ओभर स्पीडमा कारबाही गरिने बताईएको छ ।

