
Lnp
lnp
Usb
Rgp
Dus
Ggp
Sgp
ksb
Rgp
Ggp
Asb
Jns
Dbs
Rgp
Lks
Rgp


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा संलग्न सबै कर्मचारीलाई निलम्बनको तयारी गरिएको छ ।
भन्सार विभागले उक्त प्रकरणको छानबिनको प्रारम्भिक चरणमा सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको स्रोतले जनाएको छ ।
मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा ठूलो परिमाणमा सुन बरामद भएको थियो ।
त्यसैगरी बरामद भएको सुनको परिमाण भने एकिन भइसकेको छैन । विभागले बरामद भएको सुनको जोख्न आज राष्ट्र बैंक लैजाने जनाएको छ ।
