
Csbus
Gsl
Syees
Rbs
gms
Bksbus5
Ddhbs
dsbus
Pbu
syysr
Ratbs
Nssbus7
Jsbus
Gsbus
Ssbus
Amb

Ssm
Sbs
Hal
Tsm
Gst
Asm
Bbu
nsb
Sls
Ggd
Vor
Bbbpu
Wsp
Rgu
Rgs
Ksm
Rsb
Pvg
Rgu

Rmb
Jmb
Rpp
Bml
Pls
Gsb
bbt
Jmb
Abd
sab
Ptm
Syp
Mks
दाङ । राप्ती गाउँपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ल्यापटप वितरण गरेको छ । गाउँपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी प्रधानाध्यापकलाई एक/एक थान ल्यापटप वितरण गरेको हो ।
गाउँपालिकाको अनुसार पालिकाभित्रको शैक्षिक गतिविधिलाई प्रविधिमैत्री बनाउनका लागि सो कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाको शिक्षा अधिकृत विश्वास विकका अनुसार पालिकाभित्रका २७ वटा विद्यालयका प्रधानाध्यापकलाई ल्यापटप वितरण गरिएको हो ।
उनले पालिकाभित्रका शिक्षक तथा शैक्षिक गतिविधिलाई प्रविधि मैत्री बनाउन, स्कूलको तथ्यांक, अभिलेखलाई डिजिटल रुपमा सुरक्षित राख्न र विद्यालयको नेतृत्वलाई प्रविधिमैत्री बनाउनका लागि सो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
उनले प्रधानाध्यापकलाई प्रविधिमैत्री बनाउन सक्ने अन्य शिक्षकलाई पनि सहयोग पुग्ने जानकारी दिए । ‘ल्यापटपको प्रयोगबाट शिक्षण विधि, तरिका तथा स्रोतको बारेमा जानकारी लिन सहज हुन्छ’, उनले भने, ‘यसले पनि पालिकाको शैक्षिक सुधार हुन्छ । विद्यालयको ल्यापटप अन्य शिक्षकले पनि प्रयोग गर्न सक्छन् ।’ उनले सरकारी कर्मचारीसँग ल्यापटप हुने तर शिक्षकहरुमा नहुने बताए ।
‘सबै शिक्षकसँग ल्यापटप किन्ने क्षमता हुँदैन । केही सहजताको लागि हामीले सो कार्यक्रम सञ्चालन गरेका हौँ,’ उनले भने । उनका अनुसार गाउँपालिकाले प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम र संघको विशेष अनुदानबाट ल्यापटप वितरण गरेको हो । सो कार्यक्रमको लागि प्रदेशबाट ९ लाख ५० हजार र संघबाट ९ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन भएको उनले जानकारी दिए ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रबाट गाउँपालिकाभित्र शैक्षिक सुधार भएको उनले बताए । उनले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा बालबिकासदेखि १० कक्षासम्म निःशुल्क शिक्षा वितरण गरेको बताए । गाउँपालिकामा २७ वटा सामुदायिक र १८ संस्थागत गरी ४५ वटा विद्यालयमा सञ्चालनमा रहेका छन् । उनका अनुसार सामुदायिक विद्यालयमा ९ हजार २३० र संस्थागतमा ६ हजार २८७ गरी १५ हजार ५१७ जना विद्यार्थी अध्ययनरत छन् ।
