चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ का गोपाल ओझाको घरमा मंगलबार मध्याह्न सुनका गहना र नगद चोरी भएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार ३३ तोला सुन ५० लाख बराबरका सुनका गहना र नगद दुई लाख ५० हजार रूपैयाँ चोरी भएको छ ।
ओझाको घरमा दिउँसो पोने १ बजेतिर चोरी भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताउनु भयो । घटनाको अनुसन्धान र चोर पक्राउ गर्न प्रहरी टोली खटिएको उहाँले जानकारी दिनु भयो ।