
Msbus
Sdc
Ksbus
Asbus
Lnp
Ksbus
Rgp
Ggp
Ggp


दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा रहेको अमिलिया माध्यमिक विद्यालयको शिअस अध्यक्षमा धनबहादुर चौधरी चयन हुनु भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्जीत खड्काको अध्यक्षतामा बिहीबार बसेको बैठकले चौधरीलाई शिअस अध्यक्षमा चयन गरेको हो । जसको सदस्यहरुमा टेकबहादुर डाँगी,अमृता केसी, यमबहादुर वली,विर्जी विक,रमा चौधरी, रिसानी चौधरी चयन हुनु भएको छ ।
त्यस्तै बैठकले ४ जना विद्यालय व्यवस्थापन समितिको सदस्य पनि चुनेको छ । जसको सदस्यमा सुनिता रोका,खिमलाल खत्री,दिल कुमारी चौधरी, दिपेन्द्र कुमार वलीलाई निर्विरोध चयन गरिएको छ भने विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लगायत अन्य सदस्यहरुलाई आगामी बैठकबाट चयन गरिने विद्यालयका प्रधानाध्यापक गोपाल न्यौपानेले जानकारी दिनु भयो ।
उक्त बैठक कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ९ का वडा सदस्य अम्मर बहादुर वली, समाजसेवी एवं शिक्षा प्रेमी सिताराम केसी,विद्यालय व्यवस्थापन समितिका पुर्व शिक्षक पूर्णबहादुर बस्नेत,विद्यालय व्यवस्थापन समितिको पुर्व अध्यक्ष लिलाधर खड्का,पुर्व अध्यक्ष प्रेम बहादुर वली,शिक्षक दिपक कुमार खड्का लगायतको सहभागी रहेको थियो ।
बैठकमा विद्यालयको शैक्षिक गुणस्तरीय सुधार गर्न र व्यवस्थापन पक्षलाई मजबुत बनाउन आगामी दिनमा निरन्तर व्यवस्थापन समिति,शिक्षक,अभिभावक र विद्यार्थी बीचमा सहकार्य एवं समन्वय गरेर अघि बढ्नु पर्ने जोड दिइएको थियो ।
बैठकमा विद्यालयको वार्षिक आयव्यय प्रस्तुत प्रधानाध्यापक गोपाल न्यौपानेले गर्नु भएको थियो भने बैठक कार्यक्रमको संचालन शिक्षक ओमप्रकाश वलीले गर्नु भएको थियो ।


