आलोक भावुक/गढवा आइतबार, जेठ १४, २०८०

दाङ । देउखुरीको गढवा गाउँपालिकामा सक्रिय सहकारीहरूकाे ५ दिने अवलाेकन भ्रमण शूरू भएकाे छ ।

सहकारीमा देखिएकाे बिकृति, सहकारीमा देखिएकाे समस्या र हाल सहकारी ब्यवस्थापन गर्न नेपालमा रहेका नमुना सहकारीबाट सिकाई लिई सुरक्षीत तथा सिकाईका लागि सहकारी अध्ययन,अवलाेकन कार्यक्रम आयाेजना गरिएको गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादवले जानकारी दिनु भयो ।

गढवा गाउँपालिका सहकारी शाखाकाे आयाेजनामा गढवामा रहेका सहकारीहरुलाई भ्रमणकाे आयाेजना गरिएकाे सहकारी शाखा प्रमुख यादवले बताउनुभयो । पछिल्लाे समयमा सहकारीमा आएका समस्याकाे समाधान कसरी गर्न सकिन्छ ? नमुना सहकारी कसरी बनाउने भन्ने विषयमा गढवा गाउँपालिकाका सक्रिय संस्थालाई अवलाेकन भ्रमण गराईएकाे यादवको भनाई रहेको छ।

५ दिने अवलाेकन भ्रमणकाे पहिलाे दिन जन उत्थान बचत तथा ऋण सहकारी संस्था बुटवल, देवदह काेलिय बचत तथा ऋण सहकारी संस्था देवदहकाे अवलाेकन गरिएकाे छ । साथै दाेस्राे दिन स्याङ्जा वालिङकाे उपकार बचत तथा ऋण सहकारी, शुभलक्ष्मि बचत तथा ऋण सहकारी संस्था स्याङ्जा र राेयल पाेखरा साकाेस तथा विभिन्न कृषि फर्मकाे अवलाेकन गरिने गढवा गाउँपालिका स्तरीय सहकारी संजालका अध्यक्ष बेगम बहादुर गहतराजले जानकारी दिनु भयो ।

त्यस्तै अवलोकन भ्रमणका सहभागी तथा आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेड गढवाका अध्यक्ष ओम प्रकाश बस्यालले ५ दिने अवलाेकन भ्रमण उपलब्धि मुलक हुने बताउनु भयो । गढवा गाउँपालिकामा रहेका सहकारी संस्थाहरुको अवस्था सूधारमा यो अवलोकन भ्रमणलाई आफुले अर्थपूर्ण तरिकाले हेरेको बताउदै केहि महिनामा अवलोकन भ्रमणको उपलब्धि सहकारीहरुमा देखिने कुरामा आफु आशाबादी रहेको बताउनु भयो।

सहकारीअवलोकन भ्रमणमा गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादव, २८ सहकारी संस्थाका अध्यक्ष तथा ब्यवस्थपक, दाङ जिल्ला सहकारी संघका सदस्य, गढवा गाउँपालिका सहकारी संञ्जालका अध्यक्ष लगायत गरी २८ जनाको टोली सहकारी देशको नमुना सहकारी संस्थाहरुको अवलोकन गर्ने कार्यक्रम तय गरेको हो ।

सिकेका कुरालाई व्यवहारमा उतारि गढवा क्षेत्रमै नमुना सहकारी बनाउन सहकारीलाइ सजिलाे हाेस् भन्ने मान्यता राखि अध्ययन अवलाेकन भ्रमण राखिएकाे गढवा गाउँपालिका सहकारी शाखाले जनाएकाे छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]