तिर्थराज ज्ञवाली/राप्ती गाउँपालिका आइतबार, जेठ १४, २०८०

दाङ । १६ औं गणतन्त्र दिवसको अवसरमा आगामी जेठ १५ गते सिसहनियामा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

युग सिसहनियाको आयोजना र मुक्तिनाथ विकास बैकको प्रायोजन रहेको ब्याडमिन्टन प्रतियोगितामा शुभदपर्ण ब्याडमिन्टन क्लवका १० खेलाडिले सहभागिता जनाउने युग सिसहनियाका सचिव विक्रान्त ज्ञवालीले जानकारी दिनु भयो ।

त्यस्तै लागुपदार्थ त्यागौ खेलकुदमा लागौ,स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ गणतन्त्र दिवसको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको हो । स्थानिय खेलाडिहरुको खेल प्रतिको सक्रियतालाई बढावा दिन सामाजिक उत्तरदायित्वको आधारमा प्रतियोगिता सञ्चालनमा सहयोग गरिएको मुक्तिनाथ विकास बैंक सिसहनिया शाखाका प्रमुख दिपक कुमार पाण्डेले बताउनु भयो ।

शुभ दपर्ण एकेडेमीको खेल मैदानमा सञ्चालन गरिने ब्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई नगद, शिल्ड, प्रमाणपत्र तथा ड्रेश सेटको पुरस्कार प्रदान गरिने युग सिसहनियाका कोषाध्यक्ष भागवत ज्ञवालीले बताउनु भएको छ । सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष पुर्ण बहादुर बुढाथोकीले उद्घाटन गर्नुहुने प्रतियोगिता युग सिसहनियाका अध्यक्ष किशोर कुमार शर्मा रेग्मीको अध्यक्षतामा हुने भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]