दिपक ओली/घोराही बिहिबार, जेठ ०४, २०८०

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ गुरुकुल एकेडेमीमा गायिका रचना रिमाल आउने भएकि छिन । यहीँ जेष्ठ १५ गते सोमबार रिमाल गुरुकुलमा आउन लागेकी हुन् ।

एसइई दिएका विद्यार्थीहरुलाई मनोरञ्जन दिने उदेश्यका साथ एसइई साँस्कृतिक साझको आयोजना गरीएको विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले जानकारी दिनु भयो ।

त्यस्तै उक्त साँस्कृतिक साँझ कार्यक्रम सहभागि हुनको लागि रिमाल दाङ आउने भएकि हुन् । बिद्यालयको प्राङ्गनमा आयोजना गरीने बृहत एसईई साँस्कृतिक कार्यक्रममा उनले आफ्नो प्रस्तुती पनि राख्ने विद्यालयका नेपाली विषयका शिक्षक विवेक देवकोटाले जानकारी दिनु भयो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुको प्रस्तुतिसंगै नेपाली हाँस्य बिधाका कलाकार कमल गाँउलेको पनि प्रस्तुति रहने विद्यालयले बताएको छ । हाँस्य कलाकार कमल गाँउले र गायिका रिमालको मुख्य प्रस्तुति रहने भएको छ । सो साँस्कृतिक कार्यक्रममा सहभागि हुनको लागि नि:शुल्क टिकटको ब्यबस्था गरीएको छ ।

त्यसैगरी एसइई दिएका विद्यार्थीहरुका लागि टिकट नि:शुल्क गरिएको छ भने टिकट प्राप्त गर्नको लागि विद्यार्थीहरुले एसइई परीक्षाको प्रबेश पत्रको फोटोकपि पेश गर्नुपर्ने छ । टिकट विद्यालय प्रशासनबाट उपलब्ध हुने र विद्यालय समयमा सम्पर्क गर्नुपर्ने छ । उक्त साँस्कृतिक कार्यक्रममा गायिका रिमालले विद्यार्थीहरुलाई मोटिभेसनलसंगै आफ्नो कला प्रस्तुत गर्ने छिन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]