
gms
Nssbus7
Bksbus5
syysr
Syees
Ratbs
Gsl
Ddhbs
Csbus
Gsbus
Jsbus
Amb
Ssbus
Pbu
dsbus
Rbs

Sbs
Wsp
Hal
Bbu
Rsb
Ggd
Bbbpu
Asm
Rgu
Rgu
Ssm
Pvg
Tsm
Gst
Ksm
Vor
Rgs
nsb
Sls

Syp
Bml
bbt
Abd
sab
Ptm
Rmb
Gsb
Mks
Jmb
Rpp
Jmb
Pls
दाङ । देउखुरीको लमहीमा संचालनमा रहेका निजि विद्यालयका भ्यानहरुले कोचाकोच गरि विद्यार्थी ओसार्दा समेत नियमन गर्ने निकाय मौन रहनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
लमहीमा संचालनमा रहेका अधिकांश निजि विद्यालयका भ्यानहरु क्षमताभन्दा बढी विद्यार्थी बोक्ने गरेका छन् । भ्यान भाडा चर्को लिने र कोचाकोच विद्यार्थी बोक्ने नियति बनेको छ । सिटमा बसेको भन्दा भ्यान भित्र उभिएका विद्यार्थीहरुको संख्या अधिक रहने गरेको छ । कतिपय विद्यालयहरुका भ्यानमा त विद्यार्थीहरु ढोकामा समेत झुन्डिएको स्पष्ट देख्न सकिन्छ । यसले गर्दा विद्यार्थीहरुले पठनपाठन गर्न आउँदा सास्ती खेप्नु पर्ने त छदैछ भने सवारी दुर्घटनामा समेत पर्ने खतरा त्यत्तिकै छ ।
यसरी विद्यार्थीहरुको जीवनमा खेलवाड गरेर विद्यालय प्रशासन किन कमाउ धन्दामा लागेकोछ, बुझी नसक्नुछ । नियमन गर्ने निकाय ट्राफिक प्रहरीले पनि सार्वजनिक गाडीहरु दिनकै चेकजाँच गर्ने र गल्ती भेटिए जरिवाना गर्ने गरेकोछ भने विद्यालयका भ्यानहरु कहिले चेकिङमा परेको दिखिदैनन।
त्यस्तै तस्बिरमा देखिएका केही विद्यालयहरु प्रतिनिधि उदाहरण हुन भने अधिकांश विद्यालयहरुले यसैगरि विद्यार्थी ओसारी रहेका छन् । समयमै यिनलाई नियमन गरिएन भने कुनै दिन ठूलै दुर्घटना हुने त छदैछ तर नियमन गर्ने निकाय मौन रहनुलाई पनि नागरिकले शंकाको दृष्टिले हेरेका छन् ।
