
Sgr
Rgp
Pbu
Lnp
Unsku
Rgp1
Ggp
Srbpu
pku

Vor
Sls
Rgu
Sbs
Hal
Asm
Bbu
Ksm
Rsb
Wsp
Bbbpu
Tsm
Ggd
Ssm
Gst
Rgs
Rgu
nsb
Pvg

bbt
Rmb
Jmb
Bml
Rpp
Mks
Jmb
Pls
Syp
Abd
Ptm
Gsb
sab
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया नयाँ बस्तीका एक विपन्न परिवारलाई राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले आफुले पाउने सेवा सुविधाबाट अति आवश्यक खाद्यान्न सहयोग गर्नु भएको छ।
लामो समयदेखि विभिन्न राेगले ग्रसित भएका मसुरीया नयाँबस्तीका ३४ वर्षीय रेशम खत्रीको परिवारलाई चामल,नुन,तेल,बेसार,दाल लगायत आति आवश्यक सामग्रीहरु प्रदान गर्नु भएको हो ।
आर्थिक अवस्था निकै कम्जोर भई साझ बिहानको छाक टार्न समेत धौं धौ भैइरहेको र उपचार गर्न समेत नसकी घर चलाउनै गार्हो भैरहेको बेला अध्यक्ष विष्टले उक्त खाद्यान्न सामाग्रीहरु प्रदान गर्नु भएको हो ।
मंगलबार अबेर अध्यक्ष विष्ट खत्रीलाई सहयोग गर्न उहाँकै घर नयाँबस्ती पुग्नु भएको थियो । यस अघि पनि उहाँलाई पालिकाकाे तर्फबाट उपचारकाे लागि आर्थिक सहयोग सँगै खाद्यान्न उपलब्ध गराइएको थियो ।
श्रीमतीले दाेस्राे बिवाहा गरेर अन्यत्रै गए पछि हाल अहिले उहाँको परिवारमा १ नाबालक छोरा र आफु गरि २ जना रहनु भएको छ । त्यस मध्ये पनि छाेरा अरुकै घरमा बस्ने गरेका छन्। खत्रीले भन्नुभयो -” छोरा पनि अरुकै घरमा बस्छ । घरमा म एक्लै बस्छु ।त्यसमा पनि बिरामी छु । कुनै काम गर्न सक्दैन। बिहान साझ हातमुख के ले जाेर्ने भन्ने चिन्ता लाग्छ खत्रीले भन्नु भयो ।”
सहयोग पछि अध्यक्ष विष्टले पालिकाका काेही पनि विपन्न नागरिकहरु भाेकै बस्न नपराेस भन्ने उदेश्यले थाेरै भए पनि आफुले खाद्यान्न सहयोग गरेको बताउनु भयो । त्यस्तै अध्यक्ष विष्टले आगामी दिनहरुमा थप आवश्यक सहयोग रहने बताउदै स्वास्थ्य लाभको कामना समेत गर्नु भएको थियो ।
खाद्यान्न पाए पछि खत्रीले आफुलाई बिहान बेलुकाकाे छाक टार्ने चिन्ता केही दिनलाई हटेको भन्दै खुसी ब्यक्त गर्नु भयो । उक्त अवसरमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारी, वडा नम्बर दुईका निवर्तमान वडा अध्यक्ष जगत थापा,घण्टदेव सामुदायिक वनका अध्यक्ष तुला गिरी,समाजसेवी गन्ज बहादुर विष्ट र बसन्त नेपाली लगायतकाे उपस्थिति रहेको थियो।
