
Rgp1
pku
sbs
Gfs
Pbu
Srbpu
Lnp
Unsku
Sgr
Ggp
Rgp
Pes
cjs
Djs

Sbs
Bbu
Hal
Rgs
Rsb
Rgu
Ksm
Tsm
Ggd
Ssm
Bbbpu
Gst
Rgu
Wsp
Sls
Vor
Asm
Pvg
nsb

Pls
Rmb
Bml
Mks
Jmb
Gsb
sab
Jmb
Ptm
Abd
Syp
bbt
Rpp
आश्विन १३ गते-मंगलबार,काठमाडौं । कोरोना संक्रमणबाट विश्वभरि १० लाख जनाले ज्यान गुमाएका छन् ।
चीनको वुहानबाट गत वर्ष शुरु भएको कोरोना महामारी विश्वव्यापी बनेसँगै मृत्यु हुनेको संख्या बढेको थियो ।पछिल्लो तथ्यांक अनुसार संसारभरी ३ करोड ५० लाख भन्दा बढी मानिसमा संक्रमण देखिएको छ ।यी मध्ये १० लाख भन्दा बढीको मृत्यु भएको छ भने दुई करोड ४८ लाख भन्दा बढी निको समेत भएका छन् ।संक्रमणको सबैभन्दा उच्च रुप अमेरिकामा देखिएको छ । दोश्रो उच्च संक्रमित हुने देश भने भारत रहेको छ । भारतमा पछिल्लो समयमा भने संक्रमणको दरमा कमी देखिन्छ ।अमेरिकामा ७३ लाख भन्दा बढीमा कोरोना देखिएको छ । भारतमा भने ६१ लाख भन्दा बढी संक्रमित भइसकेका छन् ।
यद्यपी यी सरकारले सार्वजनिक गरेका तथ्यांक हुन । कोरोनाका तथ्यांक लुकाएको भनेर सरकारहरुको आलोचना समेत भइरहेको छ ।कोरोनाले १० लाखको ज्यान लिएपनि आजसम्म यसको उपचार र नियन्त्रणका लागि औषधी या खोप भने बन्न सकेको छैन । विश्वका दर्जन बढी कम्पनीहरु कोरोना खोपको अनुसन्धानमा लागेका छन् । तर कुनै पनि कम्पनीले तेश्रो र अन्तिम चरणको परीक्षण भने पुरा गरेका छैनन् ।
कोरोना संक्रमण ह्वात्तै बढेपछि चीनले भने शुरुमा नै प्रभावकारी कदम चाल्दै यसको नियन्त्रण गर्न सफल भएको थियो । तर चीनले संक्रमण नियन्त्रण गरिसक्दासम्म कोरोनाले यूरोप र अमेरिकालाई प्रभावमा ल्याइसकेको थियो ।
शुरुका दिनमा विश्वका जनता तथा सरकारहरुले यसलाई सामान्य संक्रमणको रुपमा लिएको कारण स्वास्थ्य सजगता र यसविरुद्धको रणनीति निर्माण गरिनसक्दै जनसंख्याको ठूलो हिस्साबाट यसबाट प्रभावित बनिसकेको अवस्था देखियो ।
संक्रमणले भयानक रुप लिएसँगै यसको असर विश्वकै अर्थतन्त्रमा समेत परेको छ । १० लाख मानिसको मृत्यु हुनु त्यति सामान्य घटना होइन । कतिपय देश आर्थिक मन्दीको अवस्थामा पुगेका छन् । कोरोना नियन्त्रणका लागि लकडाउन घोषणा गर्नुपर्ने अवस्थाका कारण उत्पादन र सेवा क्षेत्रको अर्थतन्त्रमा यसको उल्लेख्य असर परेको हो ।
अहिले १० लाख जनाको मृत्यु हुनु समेत अर्थतन्त्र र समाजका लागि ठूलो क्षति हो । यसको भपाई या क्षतिपूर्ति गर्न दशकौं लाग्ने अर्थशास्त्रीहरु बताएँछन् ।
कोरानो महामारीसँगै यसलाई लिएर राजनीति गर्ने क्रम समेत बढेर गएको छ । अमेरिका र चीनबीचको सम्बन्ध झनै तनावपूर्ण बनेको छ । यता भारतले भने कोरोना नियन्त्रणमा सरकारको असफलता ढाकछोप गर्न र जनताको ध्यान यसबाट हटाउन चीनसँगको सीमा क्षेत्रमा तनाव सिर्जना गर्न पुगेको आरोप कतिपयले लगाएका छन् ।
