
Gsbus
Nssbush
Gis
ebg
Ksbus
Ksbus
Lsbus
Gsl
Gms
Ssbus
Gis
Gss
bpmhl
Rsbus
Ses
Ssbus
Gsbus
Ksbus
Gsbus
Pbu

Hal
Rsb
Rgu
Rgu
Tsm
Bbu
Ksm
Ssm
Sbs
Vor
Bbbpu
Wsp
Sls
nsb
Gst
Pvg
Rgs
Asm
Ggd

sab
Gsb
Mks
Syp
Jmb
Jmb
bbt
Pls
Ptm
Bml
Rmb
Rpp
Abd
दाङ । राप्ती गाउँपालिकाको आयोजनामा बिहीबारदेखि सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगिता एक भव्य समारोह बिच वडा नम्बर ३ काे सिरीचाैर खेलमैदानमा शनिबार सम्पन्न भएको छ।
फागुन २५ गतेदेखि प्रारम्भ भएको फुटबल प्रतियोगिताको पुरुष तर्कको फाइनल खेलमा वडा नम्बर २ ले वडा नम्बर १ काे फुटबल टिमलाई १ को विरुद्ध २ गोलले पराजय गरि विजेता भएको छ भने महिला तर्फकाे फाइनल खेलमा वडा नम्बर १ ले वडा नम्बर २ काे फुटबल टिमलाई शून्यको विरुद्ध २ गोल गर्दै विजेता बनेको छ।
खेलमा विजेता र उपविजेता बनेका खेलाडीहरुलाई क्रमश ४० र ३० हजार नगद सहित कप मेडल र प्रमाणपत्र प्रदान गरिएको खेल सञ्चालन समितिका सदस्य सचिव विश्वास विकले जानकारी दिनु भयो ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा आयोजित फुटबल खेलको समापन समारोहमा लुम्बिनी प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुले खेलको माध्यमबाट पनि खेलाडीले आफ्नो गाउँ, समाज र राष्ट्रलाई चिनाउन सक्ने विचार व्यक्त गर्दै अनुशासित खेलाडीले नै राम्रो नतिजा प्राप्त गर्न सक्ने धारणा राख्नु भयो ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको साे अध्यक्ष कप फुटबल प्रतियोगितामा पालिका अन्तर्गतका १८ टिमकाे सहभागिता रहेको थियो ।

