
ebg
Ksbus
bpmhl
Ssbus
Gsbus
Rsbus
Gis
Gis
Gsbus
Nssbush
Pbu
Ses
Ksbus
Gss
Gsbus
Ssbus
Gis
Lsbus
Gsl
Ksbus

Tsm
Hal
Pvg
nsb
Ksm
Bbbpu
Sls
Asm
Sbs
Rsb
Vor
Ggd
Rgs
Wsp
Rgu
Bbu
Ssm
Rgu
Gst

bbt
Ptm
Pls
Bml
Syp
Jmb
Rmb
Mks
sab
Gsb
Jmb
Rpp
Abd
दाङ । गढवा गाउपालिकाको स्थापना दिवसको अवसरमा पालिका स्तरीय खेलकुद प्रतियोगिताको शनिबार गढवामा उद्घाटन गरिएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रतियोगिताको शुभारम्भ गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजितको प्रमुख आतिथ्यता तथा लुम्बिनी विकास प्राधिकरणका कार्यकारी निर्देशक छबिराज पोख्रेल र गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट अतिथिमा प्रतियोगिता कार्यक्रमको उद्घाटन गरिएको छ ।
उद्घाटन कार्यक्रमको बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुले खेल स्वास्थ्य लाई मात्र नभई देशको लागि पनि आवश्यक रहेको बताउनुभयो। पहिले अध्यक्षकप खेलकुद प्रतियोगिता हुदै आएको तर यस पटक पालिकाले पालिका स्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरी खेलको स्वरुप पनि फेरबदल गरेको बताउदै केही नयाँ खेलहरु थप गरिएकोले आगामी दिनहरुमा अरु खेलहरु पनि थपिदै जानु राम्रो बिषय भएको मन्त्री थारुलै बताउनुभयो। देउखुरीको तिन पालिका र एक नगर पालिका लाई समेटेर संयुक्त रुपमा खेलको आयोजना गरेकोले यो खेल प्रतियोगिता मात्र नभई आपसी भाईचारा, सद्भाव र समग्र देउखुरी विकाशमा महत्वपूर्ण भूमिका रहने बिस्वास ब्यक्त गर्नु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले खेलकुद प्रतियोगिता लाई एउटा प्रतियोगिता मात्र नभई आगामी बर्ष देखी केही थप खेलहरु थप गरेर खेलकुद उत्सवको रुपमा मनाउने योजना बनाएको बताउनुभयो । गढवा गाउँपालिका लाई खेलकुदको क्षेत्रमा विकाश गर्न लागिपरेको र पालिकामा पालिका स्तरीय खेलकुद समिति र वडाहरुमा वडा स्तरीय खेलकुद समिति समेत गठन गरि सकेको बताउनु भयो। खेल क्षेत्रलाई वडा स्तर बाटै पहल गरिने र योजनाबद्ध रुपमा खेल क्षेत्रलाई विकाश गर्दै लैजाने बताउनुभयो। पालिका स्थापना दिवसको अवसरमा देउखुरीका चार स्थानीय तह,गढवा, राजपुर र राप्ती गाउँपालिका र लमही नगरपालिका गरी चार वटा पालिका संग मैत्रिपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको बताउदै प्रतियोगिताबाट चार पालिका बिच आपसी समझरादी, व्यवहार,भाईचारा र देउखुरीको समग्र विकासका लागि एउटा छुट्टै टिम बनोस् भनेर आयोजना गरिएको बताउनुभयो।
प्रतियोगिताको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र बल प्रहार र प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुले गोल पोस्टको गोल रक्षक बनेर प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो। दुवैजनाले एक/एक गोल गर्नु भएको थियो।
त्यसैगरी शनिबार भएको खेलमा लमही नगरपालिका र गढवा गाउंपालिका फाइनलमा प्रवेश गरेका छन् । शनिबार गढवा जनता माध्यमिक विद्यालय गढवाको खेल मैदानमा भएको अन्तरपालिका स्तरीय फुटबल खेलको पहिले खेलमा गढवा गाउंपालिकाले राजपुर गाउपालिका लाई र दोस्रो खेलमा लमही नगरपालिकाले राप्ती गाउंपालिका लाई पराजित गर्दै फाइनलमा प्रबेश गरेका हुन् ।
लमही नगरपालिका र राप्ती गाउँपालिका बिचको खेल निर्धारित समयमा खेल बराबरी हुदा पेलान्टी सुटबाट लमहीले जित हाँसिल गर्न सफल भएको थियो । लमहीको तर्फबाट लमही नगरपालिकाका प्रशासन प्रमुख महेश थापा ठेडी , भुमीका गोपाल बिक र दमकल सहयोगी भिख राम चौधरीले पेनाल्टी मार्फत एक एक गोल गर्नु भएको थियो । खेलमा लमही नगरपालिका लमही नगरपलिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रकाश सुवेदी (सागर), वडा नम्बर १ का वडाध्यक्ष दामोदर पौडेल , वडा नम्बर ३ का वडाध्यक्ष मनोज चौधरी , वडा नम्बर ६ का वडाध्यक्ष श्याम नारायण चौधरी र लमही नगरपालिका कर्मचारीहरु लमही नगरपालिकाका तर्फबाट खेलाडीको भुमिका निर्बाह गर्नु भएको थियो ।
फाइनल खेल फागुन ३० गते जनता माध्यमिक विद्यालय गढवाको खेल मैदानमा हुने कार्यक्रम तय गरिएको गढवा गाउँपालिकाले बताएको छ । कार्यक्रमक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिस्ट,उपाध्यक्ष कमलापति चौधरी,गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिस चौधरी,राजपुर गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डे,देउखुरी सामुदायिक पुस्तकालयकि ओभा पाठक,जनता माध्यामिक बिद्धायलका प्रधानाध्यापक राम सुरत यादव,नेपाल रेडक्रस सोसाइटि उपशाखा गढवाका सभापति दयाराम यादव,बड्का पथ सिचाइ आयोजनाका रघुनन्दन चौधरी,गढवा गाउँपालिका वडा नं ६ का अध्यक्ष बिर बहादुर आले मगर,नेपाली काङ्ग्रेसका हुकुम राज यादव,राष्ट्रीय जनमोर्चाका कपिलदेव खनाल लगायतकाले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउंपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकले गर्नु भएको थियो ।
