
Asbus
Ggp
Rgp
Lnp
Msbus
Ksbus
Sdc
Ksbus
Ggp

दाङ । राजपुर गाउँपालिका–५ चङ्गुवाका जय मा दुर्गा युवा क्लबका फुटबल खेलाडीहरुलाई खेलकुद पोशाक (ड्रेस) वितरण गरिएको छ ।
मिसन चौरासी अन्तर्गत राजपुर गाउँपालिका वडा नम्बर ५ वडा अध्यक्ष पदका लागि दाबी उम्मेदवार समेत रहेका राजपुर–५ चङ्गुवा निवासी दिलीप कुमार यादवले क्लबका फुटबल खेलाडीहरुलाई खेलकुद पोशाक वितरण गरेका हुन् ।
युवाहरुको खेलकुद प्रतिको लगाव,मेहनत र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले खेलाडीहरूलाई पोशाक सहयोग गरिएको यादवले बताए । उनले यस्तो सहयोगले खेलाडीहरुमा थप उत्साह र ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै आगामी खेलका लागि सम्पूर्ण खेलाडीलाई शुभकामना दिएका छन् ।
त्यस्तै,खेलाडीहरुले खेलकुद पोशाक सहयोगका लागि यादवलाई धन्यवाद दिँदै आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “जय युवा,जय खेलकुद, जय देश” भन्ने भावनासहित गरिएको उक्त सहयोगले स्थानीय युवाहरुलाई खेलकुदमा थप सक्रिय बनाउन प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।
