
Lsbus
Ksbus
Gis
Gms
bpmhl
Ssbus
Ksbus
ebg
Gsbus
Rsbus
Nssbush
Ksbus
Gsbus
Gsl
Ksbus
Pbu
Gis
Lsbus
Ssbus
Gis

Bbu
Vor
Ssm
Rsb
Ggd
Hal
Wsp
Tsm
Rgu
Sbs
Asm
Gst
Pvg
Bbbpu
Sls
Ksm
Rgu
nsb
Rgs

Bml
Gsb
Abd
sab
Jmb
Ptm
bbt
Syp
Rpp
Pls
Mks
Rmb
Jmb
दाङ । जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७९ को उपाधी गोरखा मावि तुलासीपुरले जितेको छ ।
दाङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा संचालित प्रतियोगितामा ७ स्वर्ण, ४ रजत र १ कास्य पदक हात पार्दै गोरखा मावि तुलासीपुरले उपाधि जितेको हो ।
त्यस्तै ४ स्वर्ण, ७ रजत र १ कास्य पदकका साथ गोरखा मावि घोराही दोस्रो हुँदा बिपि मावि बयाले शान्तिनगर ४ स्वर्ण पदकका साथ तृतीय भयो । यसैबिच प्रतियोगिताको समापन समारोह दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राज कुमार पोख्रेल हमालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य धन बहादुर मास्किको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का र सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख बेगम केसीको बिशिस्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।
त्यसैगरी सो अबसरमा सर्वोउत्कृस्ट खेलाडी एथलेटिक्स छात्र जनप्रिय बोर्डिङ स्कुल बालापुरका सुजल डाँगी,छात्रा तर्फ गोरखा मावि तुलसीपुरका करुणा रिजाल,भलिबल छात्रामा जयशेर माविका स्मृति पुनमगर,छात्रमा ज्ञानसिन्धुका हितेस राम्जाली,कबडीमा रोजि बड्स लमहीका रोशन थापा,छात्रामा गुरुजजुर माविका बिजया महतरा,करांतेमा छात्र बिपि मावि बयालेका कुमार चपाई,छात्रामा तुलसी आवाशीयका मनिसा खड्का, तेक्वान्दोमा छात्रतर्फ गोरखा मावि घोराहीका जस्मिन चौधरी,छात्रामा महेन्द्र माविका उमा पन्थी घोषित भएका छन् ।
यस्तै बिजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी,बिशिस्ट अतिथी,अतिथी लगायत पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष ध्रुव आचार्यको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।
