
lnp
ksb
Sgp
Lks
Usb
Ggp
Dus
Rgp
Rgp
Rgp
Asb
Ggp
Jns
Rgp
Lnp

lms

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीको क्रिकेट मैदानमा देउखुरीव्यापी टी–२० नकाउट क्रिकेट प्रतियोगिता २०७९ हुने भएको छ ।
राप्तीद्वार क्रिकेट फाउन्डेशन राप्ती गाउँपालिका–१ को आयोजना तथा राप्ती गाउँपालिकाको १ लाख ५० हजारको सहयोगमा यही फागुन १९ गतेदेखि क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
फाउन्डेशनका कार्यबाहक अध्यक्ष दुर्गाप्रसाद गुप्ताको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा यहीँ फागुन १९ गते बिहान ८ बजे उद्घाटन हुने भएको छ । उक्त प्रतियोगिताका प्रथम हुने टिमलाई करकट्टी गरी नगद ३० हजार, कप, मेडल, प्रमाण–पत्र र दोस्रो हुने टिमलाई करकट्टी गरी नगद २० हजार, कप, मेडल, प्रमाण–पत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।
