
Gis
Nssbush
Gsbus
Gis
Ksbus
Ssbus
Lsbus
Gss
Ssbus
Gms
Ksbus
Gsl
bpmhl
Gsbus
Gis
ebg
Ksbus
Gsbus
Pbu
Ses

Rgu
nsb
Asm
Ssm
Sls
Rgu
Sbs
Hal
Ksm
Tsm
Bbu
Gst
Vor
Ggd
Rgs
Pvg
Rsb
Bbbpu
Wsp

Rpp
Abd
Jmb
sab
Bml
Pls
Jmb
bbt
Mks
Rmb
Syp
Ptm
Gsb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ गौरिया नाकाको विरेन्द्र प्राथमिक विद्यालयमा शुक्रबारदेखि एघारौं नाका स्तरीय खेलकुद महोत्सव उद्घाटन भएको छ ।
नाका स्तरीय खेलकुद समाजका अध्यक्ष चक्रबहादुर खड्का (शिखर)को अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि थारुले नाका क्षेत्रका विद्यालयको शैक्षिक विकासको लागि नाका स्तरीय खेलकुद महोत्सवको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।
नाकामा दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा नाका स्तरीय खेलकुद महोत्सवको महत्वपूर्ण भूमिका रहेको हुँदा आगामी दिनमा महोत्सवका लागि लुम्बिनी प्रदेश शिक्षा मन्त्रालयबाट राजपुर गाउँपालिकासंग समन्वय गरेर उचित बजेटको व्यवस्थापन गर्ने बताउनु भयो ।
त्यस्तै उहाँले नाका स्तरीय खेलकुद महोत्सवद्वारा बालबालिकाको भौतिक र नैतिक विकासमा विशेष टेवा पुर्याउने देखिएको हुँदा यस महोत्सवलाई प्रदेश सरकारले पहिलो प्रथामिकता राख्ने बताउनु भएको छ । यस्तै कार्यक्रममा मन्त्री थारुले नाकाको विकासको लागि तीन तहको सरकार मिलेर विगत ५ वर्षदेखि निरन्तर बाटो, खानेपानी,शिक्षा,स्वास्थ्य, संचार,विद्युत लगायतका विकासहरु क्रमिक गर्दै आइरहेको र आगामी दिनमा पनि निरन्तर गर्ने बताउनु भयो ।
यसैगरी उक्त महोत्सव उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेशका सांसद अनुराग खड्काले सिमा नाका र बाटोलाई विशेष प्राथमिकता दिदै शिक्षा,स्वास्थ्य,टावर,विद्युत लगायत अन्य समस्यालाई क्रमश अबको ५ वर्ष भित्रमा आफुहरु रहदासम्म नाकालाई विशेष ध्यान दिएर काम गर्ने बताउनु भयो । त्यस्तै उहाँले नाका क्षेत्र लगायत दाङ जिल्लाकै टावरको समस्या समाधानको लागि अस्ति भरखरै संचार मन्त्रीसंग भेटेर कुराकानी गरेको बताउनु भयो । नाका क्षेत्रलाई आफुले नजिकैबाट बुझेको हुँदा अब भारत हुदै नेपाल आउनेसमस्याको समाधान गर्दै आफ्नै गाउँपालिकाबाट नाका आउने वातावरण मिलाए काम गर्ने प्रतिबद्धता जानु भयो ।
त्यसैगरी कार्यक्रममा राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले अब नाका स्तरीय खेलकुद महोत्सवलाई राजपुर गाउँपालिका स्तरीय महोत्सवको रुपमा विकास गर्दै अघि बढाउनु पर्ने बताउनु भएको छ । उहाँले प्रत्येक वर्ष संचालन हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अबदेखि क्रमशःदेउखुरी क्षेत्रका विद्यालयहरुमा मात्र संचालन नगरी आउँदो वर्षको प्रतियोगिता राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा नाकाको शिव शक्ति माध्यमिक विद्यालयमा संचालन गर्ने समेत बताउनु भएको छ ।
यस वर्ष नाका स्तरीय खेलकुद महोत्सवले गर्दा नाका क्षेत्रका विद्यालयहरु गाउँपालिकासंग समन्वय नभएको हुँदा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको लागि जिल्लामा पठाउन नसकेको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताउनु भयो । यस्तै उहाँले अहिले गाउँपालिकाद्वारा माध्यमिक विद्यालय तहका विद्यार्थीहरुको लागि ३ महिने नि:शुल्क ट्युसन कक्षाको व्यवस्था गरेको बताउनु भयो ।
विद्यालयमा पढ्ने कतिपय विद्यार्थीहरु गरिबीको कारण ५०० शुल्क तिरेर ट्युसन पढ्न सक्ने स्थिति नरहने भएको हुँदा उक्त समस्यालाई मध्यनजर गरेर सो व्यवस्था गरिएको अध्यक्ष बुढाथोकीले बताउनु भयो । यस्तै उहाँले राजपुर गाउँपालिकाको समग्र विकासका निम्ति प्रदेश सरकार र संघ सरकारसंग समन्वय गरेर नाकामा आउनको लागि प्रमुख समस्या बाटो,सम्पर्क गर्नका लागि टेलीफोन सेवा,खानेपानी, बिजुली बत्ती रहेको हुँदा अब आफ्नो कार्यकालमा हालसम्म सुरुवाती भएका सम्पूर्ण योजनालाई क्रमशः सम्पन्न गर्नतिर लाग्ने बताउनु भयो ।
यस्तै उहाँले राजपुरको हरेक विकासका लागि विभिन्न संघ-संस्थासंग सहकार्य एवं समन्वय गरेर विकासको पाटोलाई अघि बढाइरहेको समेत बताउनु भयो । त्यस्तै उहाँले राजपुर गाउँपालिकाले अहिले नयाँ एन कानुनहरु निर्माण गरिरहेको हुँदा उक्त एन र कानुनलाई सम्पूर्णले पालना गर्नु पर्ने र हरेक कार्यक्रमहरु संचालन गर्दा गाउँपालिकासंग सहकार्य तथा समन्वय गरेको खण्डमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवि यादवले नाका स्तरीय खेलकुद महोत्सवले स-साना बालबालिकाको लागि महत्त्वपूर्ण भुमिका निर्वाह गरेको प्रति आफू धेरै खुशी भएको बताउनु भयो । यसैगरी आगामी दिनमा राजपुर गाउँपालिकाबाट सो नाका स्तरीय खेलकुद समाजलाई आवश्यक सहयोग गर्ने बताउनु भयो ।
त्यस्तै राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता श्यामबहादुर रोकाले हरेक वर्ष संचालन हुँदै आइरहेको महोत्सवले नाका क्षेत्रका विद्यालयलाई एक ठाउँमा केन्द्रित गर्ने कार्य गरेको भन्दै खुशी व्यक्त गर्नु भयो ।
नाका स्तरीय खेलकुद समाजका वरिष्ठ उपाध्यक्ष तथा शिव शक्ति माध्यमिक विद्यालय भौवा नाकाका प्रधानाध्यापक लिलाधर बिकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नाका स्तरीय खेलकुद समाजका अध्यक्ष चक्रबहादुर खड्का (शिखर)ले खेलकुद समाजको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समाजले हरेक वर्ष खेलकुद महोत्सवको आयोजना गरेर नाका क्षेत्रका बालबालिकाको शैक्षिक र भौतिक क्षमताको बारेमा मुल्यांकन गर्ने एक महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताउनु भयो ।
वि.स.२०५४ सालदेखि निरन्तर संचालन हुँदै आइरहेको महोत्सवले खेलकुद क्षेत्रबाट जिल्ला, प्रदेश तथा राष्ट्रिय खेलाडी उत्पादन गरेको छ भने धेरै युवाहरुलाई, शिक्षक, इन्डियन लाहुरे बनाउन सकेको बताउनु भयो । त्यस्तै उहाँले अहिले विभिन्न संघ- संस्था र ससामाजिक व्यक्तित्वसंग आर्थिक जोहो गरेको र राजपुर गाउँपालिकाद्वारा १५ कुइन्टल चामल,तीन कुइन्टल दाल सहयोग प्राप्त गरि महोत्सव संचालन गर्न लागेको बताउनु भयो ।
त्यस्तै नाका स्तरीय खेलकुद समाजले हरेक वर्ष लाग्दै आइरहेको नाका स्तरीय खेलकुद महोत्सवमा नेपाल सरकारका सभामुख,मन्त्री,संघीय तथा प्रदेशका सांसदहरु र जनप्रतिनिधि लगायत अन्य सम्बन्धित सरोकारवाला निकायलाई प्रत्येक्ष उपस्थित गराएर नाकाको समस्या देखाउन सकेको बताउनु भयो । त्यसैगरी उक्त कार्यक्रममा हालसम्म नाका स्तरीय खेलकुद महोत्सवलाई टेवा पुर्याउने व्यक्तित्व र कार्यक्रमलाई सहयोग गर्ने सम्पूर्णलाई भव्य सम्मान गरिएको थियो ।
खेलकुद महोत्सव कार्यक्रमको उद्घाटन समारोहमा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो । त्यस्तै भ्यागुते दौड प्रतियोगिताबाट कार्यक्रमका प्रमुख अतिथि मन्त्री थारुले रिवन काटेर खेलकुदको उद्घाटन गर्नु भएको औपचारिक कार्यक्रमको संचालन नाका स्तरीय खेलकुद समाजका सचिव तथा बालकल्याण माध्यमिक विद्यालय राजपुर गाउँपालिका वडा नम्बर ६ खाङ्ग्रा नाकाका प्रधानाध्यापक राम सुरेश यादवले गर्नु भएको थियोे । खेलकुद महोत्सव कार्यक्रममा भलिबल ,फुटबल प्रतियोगिता,नृत्य,वक्तित्वकला,भ्यागुते दौड लगायतको विभिन्न प्रतियोगिता रहने सो महोत्सव फाल्गुन १४ गतेसम्म संचालन रहने आयोजकले जनाएको छ ।

