मेगमन बुढा बिहिबार, आश्विन ०८, २०७७

दाङ ।  देउखुरीमा पहिलोपटक सर्पदंशकाे उपचार पश्चात् दुईजना सर्पले डसेका विरामी निकाे भइ घर फर्किएका छन् । दाङ-देउखुरी सर्पदंश उपचार केन्द्र गढवामा  पहिलोपटक, एकै दिन सर्पले डसेका गढवा गाउँपालिका वडा नम्बर ६ रामपुर निवासी ८० वर्षिय तुल्ला जोगि (मुसलमान) काे औलामा र गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर निवासी ८ वर्षिय बालक रामकृष्ण पौडेलकाे खुट्टाको गोलि- गाठोमा सर्पले डसेपछि उपचारको लागि बुधबार गढवाकाे सर्पदंश उपचार केन्द्रमा ल्याइएको  थियोे ।

उनिहरू दुबैजना सफल उपचारपछि डिस्चार्ज गरिएकाे देउखुरी सर्पदंश उपचार केन्द्र गढवाका व्यवस्थापक जिवराज शर्माले जानकारी दिनु भयो । उहाँका अनुसार यस भन्दा पहिला सर्पले डसेका विरामीहरू कपिलवस्तुकाे गाेरूसिंगे, समशेरगंजमा  उपचार गराउदै आएका थिए । अहिले दाङ-देउखुरी सर्पदंश उपचार केन्द्र गढवामा भएपछि,नजिकै उपचार  गर्नेे र बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको उहाँको भनाइ छ ।

हाम्रो टिम

संचालक : मेगमन बुढा मगर
सम्पादक: कृष्णे घर्ती मगर
निर्देशक: भानु जोशी
जिल्ला ब्युरो: टेकबहादुर पुन
वरिष्ठ सम्बादाताहरु: शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बादाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रावण बस्नेत

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]