मेगमन बुढा बिहिबार, आश्विन ०८, २०७७

आश्विन ८ गते,बिहीबार-दाङ । देउखुरीको लमही-घाेराही सडक खण्ड स्थित कुलमाेड देखि करिब दुई किलोमिटर अगाडि स्कारपियाे खाेलामा खसेकाे छ । बिहीबार सल्यानका पत्रकार सवार बा २ च ९५३१ नम्बरको स्कार्पियो गाडी दुर्घटनामा परेको हो । लमही नगरपालिका वडा नम्बर ६ अन्तरगत कुलमोहर देखि पाँचसय मिटर उत्तर तर्फ सीता भरार भन्ने स्थानमा सडक बाट झन्डै पचाँस मिटर तल स्कारपियाे खसेको छ ।

दुर्घटनामा सल्यान स्थित रेडियो मध्यपहाड एफ.एमका स्टेसन म्यानेजर बागचौर नगरपालिका वडा नम्बर २ का बिरेन्द्र डिसी, सोही रेडियोमा कार्यरत बागचौर गाउँपालिका कै तुलाराम परियार,त्यस्तै लेकाली अनलाइनमा कार्यरत खगेन्द्र केसी, खगेन्द्रका बहिनी वर्ष १५ का नोखी केसी,तुलसिपुर उपमहानगर पालिका वडा नम्बर ५ का प्रकाश ओलि,सल्यान छत्रेस्वरी गाउँपालिका वड नम्बर ३ का चालक सन्तोष बुढाथोकी रहेका छन् ।

अहिले घाइतेहरु दुई जनाको लमही स्थित फ्लोरेन्स अस्पताल र चार जनाको लमही अस्पतालमा उपचार भैरहेको छ । कपिलवस्तुबाट सल्यान फर्किने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा तुल्सिपुर उपमहानगर पालिका वडा नम्बर ५ निवासी प्रकाश ओलिलाई टाउको,हात र खुट्टामा गहिरो चोट लागेको छ ।
घाइते पत्रकार खगेन्द्र केसीका अनुशार आफुहरु सवार गाडीको गति अत्याधिक तिब्र भएको,घुम्ती भएको,विपरित दिशाबाट मोटरसाइकल आइरहेको र मोटरसाइकललाई बचाउने क्रममा ड्राइभरले नियन्त्रण गुमाउदा गाडी खोलामा खसेको बताउनु भएको हो ।

टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्णे घर्ती
निर्देशक:भानु जोशी
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बाददाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रबण बस्नेत

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]