
pku
Pbu
Unsku
Srbpu
Djs
Ggp
sbs
Sgr
Lnp
cjs
Gfs
Pes
Rgp1
Rgp

Tsm
Asm
Vor
Rsb
Ssm
Bbu
Gst
Wsp
nsb
Hal
Rgs
Ksm
Sls
Rgu
Sbs
Rgu
Pvg
Bbbpu
Ggd

bbt
Jmb
Pls
Jmb
Ptm
Syp
Rpp
Rmb
Gsb
sab
Abd
Mks
Bml
दाङ । देउखुरीको लमहीमा एकजना वडाध्यक्ष सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीले सोमबार बिज्ञप्ती जारी गर्दै लमही नगरपालिका अन्तरगतका एकजना वडाध्यक्ष सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।जसमध्य २ जना समुदाय स्तरका नागरिक हुन् । लमही नगरक्षत्रको समुदाय स्तरमा कोरोना पोजेटिभ देखिएको यो पहिलो घटना हो ।
लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलका अनुसार लमही नगरका समुदायमा एकसय ५० जनाको पिसिआर गरिएको छ । ‘समुदाय स्तरमा २ जनामा पोजेटिभ भेटिएको यो पहिलो घटना हो स्वास्थ्य प्रमुख पौडेलले भने-उहाँ दुबैजना लमही नगरपालिका ५ नम्बर वडाबासी हुनुहुन्छ ।’
उनिहरु सँगै लमही नगरपालिका वडा नम्बर ५ कै अर्का १ जनामा पनि पोजेटिभ देखिएको छ । त्यस्तै वडा नम्बर १, ६ र ४ नम्बर वडाका १/१ जनामा कोरोना पोजेटिभ देखिएको हो । २ जना समुदाय स्तरका र ४ जना क्वारेनटिनमा रहेका ६ जना सबैको आईतबार पिसिआर गरिएको थियो ।
लमही नगरपालिका स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार अहिले सम्म लमही नगर क्षत्रमा समुदाय स्तर र क्वारेनटिन गरि एक हजार ८१ जनाको पिसिआर गरिएको छ । जसमध्य ५४ जनामा कोरोना पोजेटिभ देखिएको छ भने ३८ जना निको भएर घर फर्किसकेको स्वास्थ्य प्रमुख लोकराज पौडेलले जानकारी दिए । उनका अनुसार नगरक्षत्र अन्तरगत रहेको एकमात्र क्वारेनटिनमा अझै २० जना नागरिक छन् ।
>>नगरपालिका सहित सम्बन्धित वडा कार्यालय बन्द
लमही नगरक्षत्रमा वडाध्यक्ष नै सँक्रमित भएपछी नगरपालिका र सम्बन्धित वडा कार्यालय ७ दिनका लागि सिल गरिएको छ । नगरक्षत्रको समुदायमै कोरोना पोजेटिभ भेटिएपछी सम्बन्धित वडा कार्यालय र नगरपालिका ७ दिनका लागि बन्द गरिएको लमही नगर प्रमुख कुल बहादुर केसीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै नगरपालिका स्तरिय कर्मचारीको आन्तरिक काम चाहीँ हुन्छ, सेवाग्राही प्रबेशमा रोक लगाईएको छ । असोज १२ गते ७ दिनका लागि सम्बन्धित वडा कार्यालय सहित नगरपालिका बन्द गरिएको नगरप्रमुख केसीले बताए ।
