टेकबहादुर पुन मंगलबार, आश्विन ०६, २०७७

दाङ । देउखुरीको लमहीमा एकजना वडाध्यक्ष सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीले सोमबार बिज्ञप्ती जारी गर्दै लमही नगरपालिका अन्तरगतका एकजना वडाध्यक्ष सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।जसमध्य २ जना समुदाय स्तरका नागरिक हुन् । लमही नगरक्षत्रको समुदाय स्तरमा कोरोना पोजेटिभ देखिएको यो पहिलो घटना हो ।

लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलका अनुसार लमही नगरका समुदायमा एकसय ५० जनाको पिसिआर गरिएको छ । ‘समुदाय स्तरमा २ जनामा पोजेटिभ भेटिएको यो पहिलो घटना हो स्वास्थ्य प्रमुख पौडेलले भने-उहाँ दुबैजना लमही नगरपालिका ५ नम्बर वडाबासी हुनुहुन्छ ।’

उनिहरु सँगै लमही नगरपालिका वडा नम्बर ५ कै अर्का १ जनामा पनि पोजेटिभ देखिएको छ । त्यस्तै वडा नम्बर १, ६ र ४ नम्बर वडाका १/१ जनामा कोरोना पोजेटिभ देखिएको हो । २ जना समुदाय स्तरका र ४ जना क्वारेनटिनमा रहेका ६ जना सबैको आईतबार पिसिआर गरिएको थियो ।
लमही नगरपालिका स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार अहिले सम्म लमही नगर क्षत्रमा समुदाय स्तर र क्वारेनटिन गरि एक हजार ८१ जनाको पिसिआर गरिएको छ । जसमध्य ५४ जनामा कोरोना पोजेटिभ देखिएको छ भने ३८ जना निको भएर घर फर्किसकेको स्वास्थ्य प्रमुख लोकराज पौडेलले जानकारी दिए । उनका अनुसार नगरक्षत्र अन्तरगत रहेको एकमात्र क्वारेनटिनमा अझै २० जना नागरिक छन् ।

>>नगरपालिका सहित सम्बन्धित वडा कार्यालय बन्द

लमही नगरक्षत्रमा वडाध्यक्ष नै सँक्रमित भएपछी नगरपालिका र सम्बन्धित वडा कार्यालय ७ दिनका लागि सिल गरिएको छ । नगरक्षत्रको समुदायमै कोरोना पोजेटिभ भेटिएपछी सम्बन्धित वडा कार्यालय र नगरपालिका ७ दिनका लागि बन्द गरिएको लमही नगर प्रमुख कुल बहादुर केसीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै नगरपालिका स्तरिय कर्मचारीको आन्तरिक काम चाहीँ हुन्छ, सेवाग्राही प्रबेशमा रोक लगाईएको छ । असोज १२ गते ७ दिनका लागि सम्बन्धित वडा कार्यालय सहित नगरपालिका बन्द गरिएको नगरप्रमुख केसीले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]