
Rgp
Asbus
Ksbus
Msbus
Lnp
Ksbus
Sdc
Ggp
Ggp

आश्विन ४ गते,आइतबार दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ थान देउखरमा आइतबार विधिबद रुपमा दाङ देउखुरी सर्प दंश उपचार केन्द्रकाे उद्घाटन भएको छ ।
गढवा गाउँपालिका अध्यक्ष सहजराम अहिरको अध्यक्षता तथा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यता र संघिय सांसद मेटमणी चौधरीको विशेष अतिथिमा उद्घाटन भएको कार्यक्रममा मन्त्री पोख्रेलले सर्पदंश उपचार केन्द्रलाई व्यवस्थित तरिकाले संचालन गर्न सो केन्द्र व्यवस्थापन समितिलाई अनुरोध गर्नु भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका मन्त्री पोख्रेलले देउखुरी क्षेत्रमा स्वास्थ्य,शिक्षा, खानेपानी, कृषि, सडक, बिजुलीबत्ती लगायतका विकास निमार्णको कामले अहिलेको अबस्थामा तिब्र गतिमा फड्को मारिरहेको समय देउखुरी बासिले असन्तुष्टी नभएर खुशी हुनुपर्ने बताउनु भयो ।
त्यस्तै मन्त्री पोख्रेलले अहिलेको विश्व महामारीको विषम परिस्थिीतिमा सवै नागरिकले सुरक्षा मापदण्डलाई अनिवार्य रुपमा पालना गरे यस बाट बच्न सकिने बताउनु भएको छ । त्यसैगरी उहाँले अहिलेको अवस्थामा भिडभाडजन्य गतिविधी बन्द गर्न तथा लकडाउन गर्नुपर्ने स्थिती सिर्जना नगर्न पनि आग्रह गर्नु भयो ।
गाउँपालिका उपाध्यक्ष शान्ति चौधरीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य इन्द्रजित थारु, सुजिता शाक्य, रेवतीरण शर्मा, दामा शर्मा, सरस्वती गौतम प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाल, जिल्ला विपद व्यवस्थापन समितिका सभापति जितेन्द्रमान नेपाली, घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरी, लमही नगरपालिका प्रमुख कुलबहादुर केसी, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी, सुरक्षा निकाय, जनप्रतिनिधि, कर्मचारी, पत्रकार अन्य विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका साहयक लेखापाल कुलराज कुमालले गर्नु भएको थियो ।
गढवा गाउँपालिकाको एक करोडको लागतमा निर्माण भएको केन्द्रको प्राविधिक सहयोग नेपाली सेनाको रिपुमर्दन गण भरतपुर दाङले गर्ने छ भने अन्य व्यवस्थापन गाउँपालिका स्वयंले गर्नु पर्ने छ । यो केन्द्र जिल्ला दाङकै पहिलो हो ‘यस अघि सर्पले टोकेपछि बाँकेको भेरी प्रादेशीक अस्पताल या कपिलवस्तुको गोरुसिँगे जानू पर्ने बाध्यता थियो । अब भने सो समस्याबाट दाङका नागरिक मुक्त भएकाछन् ।
