
mbd
Rbs
Mbdvs
Pbu
Gisld
Sds

Rgu
Wsp
Sls
Pvg
Rsb
Rgs
Vor
Ggd
Sbs
Bbu
Tsm
Bbbpu
Gst
Asm
nsb
Ksm
Rgu
Hal
Ssm

Pls
Ptm
Jmb
sab
Abd
Gsb
Rpp
Bml
Mks
Rmb
Syp
bbt
Jmb
जिल्लाको कृषि, पर्यटन एबम् व्यापारलाई प्रर्बद्धन गर्ने उदेश्यले गर्न लागिएको चौंथो गुल्मी महोत्सव स्थगन भएको छ । बिश्व व्यापी रुपमा फैलिरहेको कोरोना नोबेल भाईरसबाट हुनसक्ने महामारीलाई मध्य नजर राखेर गुल्मी महोत्सवलाई स्थगन गरिएको हो । जिल्लाको सदरमुकाम तम्घासमा आगामी चैत २१ गतेदेखि २०७७ वैशाख १ गतेसम्म सञ्चालन हुने चौथो गुल्मी महोत्सव स्थगन भएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण प्रदेश, जिल्ला प्रशासन कार्यालय र नगरपालिकाले मेला महोत्सव नगर्ने निर्णय गरेको हुँदा स्थगन गरिएको उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले बताए ।
मेला महोत्सवमा भिडाभाडले बिश्व व्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणको जोखिम बढ्ने भएकाले स्थगन गरिएको भुसालले बताए । महोत्सवलाई केही समय पछि अनुकुल समय मिलाएर गरिने भएको छ ।
‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य कृषि पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने मुख्य नाराका साथ जिल्लामा प्रादेशिक व्यापार एवम् औद्योगिक मेला सञ्चालन गर्ने भनिएको थियो । महोत्सव सम्पन्न गर्न भन्दै २९ उपसमिति समेत गठन गरेर तयारीलाई तिब्र पारिएको थियो ।
सदरमुकाम तम्घासको चिदीचौर खेल मैदानमा आयोजना गरिने भनिएको महोत्सवमा कृषि तथा घरेलु उत्पादनलाई प्राथमिकता दिने गरि तयारी गरिएको थियो । महोत्सवलाई स्थगन गर्दै बाणिज्य संघले बिश्व व्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणको जोखिमबाट जोगिन सजगता अपाउन आग्रह समेत गरेको छ ।
हेल्प डेक्स राखिने
कोरोना भाइरसको बारे जानकारी र उपचारको लागि गुल्मीका स्थानिय तहमा हेल्प डेक्स स्थापना र आबश्यक सूचना र उपचारको व्यावस्थापन गरिने भएको छ । जिल्ला स्थित सम्पूर्ण पालिकाहरुले आबश्यक औषधी व्यावस्थापन र सचेतना मूलक कार्यक्रमहरु गर्ने निर्णय गरिएको भएको छ । त्यस्तै जिल्ला अस्पताल गुल्मीले औषधी व्यवस्थापन लगायत आइसुलेसन वार्डको व्यावस्था गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलिले बताए ।
जिल्ला प्रशासन कार्यालय गुल्मी तथा सम्पूर्ण सुरक्षा निकायले सुरक्षाको व्यावस्थापन गर्ने निर्णय भएको छ । त्यस्तै रुरु क्षेत्र गाउँपालिको संयोजनमा रिडी, रेसुङ्गा नगरपालिकाको संयोजनामा नेटा, मदाने गाउँपालिकाको संयोजनमा पुर्कोट, मुसिकोट नगरपालिकाको संयोजनामा वामी, चन्द्रकोट गाउँपालिकाको संयोजनमा शान्तिपुरमा हेल्प डेक्स स्थापना गरिने भएको छ ।
छिमेकी मुलुक भारतबाट सिधै गुल्मी आउने सवारी साधनका यात्रुलाई रिडीको हेल्प ठेक्समा अनिवार्य रुपमा चेकजाँच गरिने निर्णय भएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख पराजुलिले बताए ।
मेला महोत्सवमा प्रतिबन्ध
जिल्ला प्रशासन कार्यालय गुल्मीले मेला महोत्सवमा प्रतिबन्ध गरेको छ । प्रशासनले एक सार्बजनिक सूचाना जारी गर्दै कोरोना भाईरसको संक्रमणको जोखिम बढने भएकाले मानिसहरको भिडभाड हुने गरि मेला महोत्सव कार्यक्रमहरु नगर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी उद्धब पन्थीले बताए ।
नेपाल सरकार स्वस्थ्य जनसंख्या मन्त्रालयले भिडभाड हुने स्थानमा कोरोना भाइरसको संक्रमणको जोखिम बढने भन्दै धेरै मानिस उपस्थित हुने सभा,महोत्सव, सम्मेलन, शैक्षिक संस्थाको वार्षिक उत्सव जस्ता कार्यक्रम नगर्न आग्रह गरेको जारी सार्बजनिक सूचनामा उल्लेख छ ।
सूचनामा धेरै मानिस उपस्थित हुने समारोहमा उपस्थित नहुन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
