दाङ । सर्बसाधारणको बाध्यतालाई मध्यनजर गर्दै लमही जेसिजले लमही बजारमा सार्बजनिक पिउने पानीको धारा जडान गरको छ ।
लमही जेसिज बर्ष २०२२ का अध्यक्ष सुन्दर केसी सुजनको कार्यकाल सकिदै गर्दा बजारमा किनमेल गर्न आउनेका लागि खानेपानीको धारा जडान गरिएको हो । बजार आउनेहरुका लागि नि:शुल्क पिउने पानीको धारा समेत नहुदा समस्या हुने गर्दथ्यो । जसले गर्दा पानी किनेर पिउनुपर्ने बाध्यता थियो ।
लमही जेसिजले धमिला बोटहुन सार्बजनिक धारा जडान गरेपछी धारा नहुँदाको समस्या हटेको छ । पानी पिउनबाट बञ्चित हुनु नपर्ने बिश्वास गरिएको छ । सार्बजनिक धाराको शुक्रबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । कार्यकालको अन्तिम चरणमा पुण्यको काम गर्न पाउँदा हर्षित भएको जेसिजका अध्यक्ष सुन्दर केसीले बताए ।कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी (सागर)ले सर्बसाधारणलाई बजार आउदा पिउने पानीकै समस्या हुने गरेको त्यो काम जेसिजले गरेकोमा धन्यबाद ब्यक्त गरे । सार्बजनिक धाराको संरक्षणमा आफू लागिपर्ने प्रतिबद्धता ब्यक्त गरे ।
लमही जेसिज बर्ष २०२२ का अध्यक्ष सुन्दर केसी सुजनको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य अनुराग खड्काको प्रमुख आतिथ्यता एबम् लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी सागरको विशिष्ट आतिथ्यमा धाराको उद्घाटन गरिएको हो ।
त्यस्तै प्रदेश सभा सदस्य खड्का काम बिशेषले आउन नपाउँदा भिजिवल कल मार्फत कार्यक्रम गरिएको हो । सार्बजनिक धारा जडानको लागि लमही खानेपानी तथा सरसफाई सँस्थाले प्राबिधिक सहयोग गरेको छ । लमही जेसीज बर्ष २०२२ का कोषाध्यक्ष अशेष न्यौपानेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सँस्थाका कानुनी सल्लाहकार फणाधर शर्मा ढकालले गरेका थिए ।