
Srbpu
Rgp
Rgp1
Lnp
pku
Unsku
Ggp
Pbu
Sgr

Ksm
Rgu
nsb
Vor
Tsm
Rgs
Gst
Pvg
Hal
Wsp
Ggd
Ssm
Bbu
Bbbpu
Sbs
Rgu
Rsb
Asm
Sls

Bml
Pls
Jmb
bbt
Gsb
Mks
sab
Jmb
Rpp
Syp
Abd
Ptm
Rmb
दाङ । सर्बसाधारणको बाध्यतालाई मध्यनजर गर्दै लमही जेसिजले लमही बजारमा सार्बजनिक पिउने पानीको धारा जडान गरको छ ।
लमही जेसिज बर्ष २०२२ का अध्यक्ष सुन्दर केसी सुजनको कार्यकाल सकिदै गर्दा बजारमा किनमेल गर्न आउनेका लागि खानेपानीको धारा जडान गरिएको हो । बजार आउनेहरुका लागि नि:शुल्क पिउने पानीको धारा समेत नहुदा समस्या हुने गर्दथ्यो । जसले गर्दा पानी किनेर पिउनुपर्ने बाध्यता थियो ।
लमही जेसिजले धमिला बोटहुन सार्बजनिक धारा जडान गरेपछी धारा नहुँदाको समस्या हटेको छ । पानी पिउनबाट बञ्चित हुनु नपर्ने बिश्वास गरिएको छ । सार्बजनिक धाराको शुक्रबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । कार्यकालको अन्तिम चरणमा पुण्यको काम गर्न पाउँदा हर्षित भएको जेसिजका अध्यक्ष सुन्दर केसीले बताए ।
कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी (सागर)ले सर्बसाधारणलाई बजार आउदा पिउने पानीकै समस्या हुने गरेको त्यो काम जेसिजले गरेकोमा धन्यबाद ब्यक्त गरे । सार्बजनिक धाराको संरक्षणमा आफू लागिपर्ने प्रतिबद्धता ब्यक्त गरे ।
लमही जेसिज बर्ष २०२२ का अध्यक्ष सुन्दर केसी सुजनको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य अनुराग खड्काको प्रमुख आतिथ्यता एबम् लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी सागरको विशिष्ट आतिथ्यमा धाराको उद्घाटन गरिएको हो ।
त्यस्तै प्रदेश सभा सदस्य खड्का काम बिशेषले आउन नपाउँदा भिजिवल कल मार्फत कार्यक्रम गरिएको हो । सार्बजनिक धारा जडानको लागि लमही खानेपानी तथा सरसफाई सँस्थाले प्राबिधिक सहयोग गरेको छ । लमही जेसीज बर्ष २०२२ का कोषाध्यक्ष अशेष न्यौपानेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सँस्थाका कानुनी सल्लाहकार फणाधर शर्मा ढकालले गरेका थिए ।
