सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख बुधबार, माघ ०४, २०७९

काठमाडौं । नेपाल सरकार माननीय उप-प्रधानमन्त्री तथा गृहमन्त्रीस्तर गृह मन्त्रालयको मिति २०७९/ ०९/२९ गतेको निर्णय अनुसार साविक साईबर व्यूरो भोटाहिटी, काठमाण्डौंबाट १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगर मोरङ सरुवा हुनुभएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमा कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी नायव महानिरीक्षक डिआईजी श्यामलाल ज्ञवालीलाई एक कार्यक्रम समारोहका बीच बिदाई हुनु भएको छ ।उक्त बिदाई समारोहलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक (डिआईजी) ज्ञवालीले विमानस्थलको सुरक्षा व्यवस्थालाई थप सुदृढ एवं प्रभावकारी रुपमा प्रहरी परिचालन गरी संगठनको हकहितका लागि केन्द्रित भई काम गर्नुका साथै व्यवसायिक तथा सक्षमताका साथ कार्य सम्पादन गर्न सहयोग र सहकार्य गर्ने सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति कृतज्ञता व्यक्त गर्नु भयो ।

त्यस्तै धन्यवाद मन्तव्य व्यक्त गर्दै यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय,गौचरका प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जि.सीले सो कार्यालयको तर्फबाट “मायाको चिनो” प्रदान गर्नुका साथै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]