अम्मर दर्लामी मगर/गढवा आइतबार, माघ ०१, २०७९

दाङ । देउखुरीको गढवा गाउँपालिका स्तरीय रास्ट्रपति रनिङ शिल्ड २०७९ मा संचालन गरिएको मार्चपास तथा म्युजिकल पिटिमा प्रतिष्ठा एकेडेमी कालाकाटे प्रथम भएको छ ।गढवा गापा भरिका विभिन्न सरकारी तथा निजि विद्यालयहरुद्वारा राखिएको मार्चपासमा प्रतिष्ठा एकेडेमीले कालाकाटेले उत्कृस्ट मार्चपास तथा म्युजिकल पिटि प्रस्तुत गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

सरस्वती मावि विद्यानगरको प्राङ्गणमा भब्य रुपले आयोजना गरिएको रनिङ शिल्डमा आफ्नो उत्कृष्ट प्रस्तुती दिदै प्रतिष्ठा एकेडेमी प्रथम स्थान हासिल गर्न सफल भएको छ । २०७७ र २०७८ सालमा आयोजित रास्ट्रपति रनिङ शिल्ड अन्तर्गत मार्चपासमा पनि प्रथम स्थान हासिल गरेको यस विद्यालयले सदा वर्षझै यस वर्षपनि आफ्नो उत्कृष्ट प्रस्तुती दिदै प्रथम स्थान हासिल गर्न सफल भएको हो।यसरी लगातार तीन वर्षसम्म मार्चपास सहितको पिटि प्रदर्शनमा प्रथम स्थान हासिल गर्दा मार्चपासमा प्रतिष्ठा एकेडेमिले ऐतिहासिक रुपमा ह्याट्रीक गर्न सफल भएको छ। यसका साथसाथै अन्य धेरै पुरस्कारहरु पनि जितेको छ। कालाकाटे स्थित २०६४ सालमा स्थापित यस विद्यालयले विद्यार्थीहरुलाइ उत्कृष्ट शिक्षा दिदै आएको छ। ब्यबहारिक शिक्षालाई विषेश जोड दिने यस विद्यालयले विभिन्न खेल तथा अन्य छेत्रहरुमा विद्यार्थीहरुलाइ बारम्बार अग्रसर गराउने गर्दछ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]