
Pbu
Ggp
Srbpu
Lnp
Rgp
pku
Sgr
Rgp1
Unsku

Ksm
Vor
Rgu
Rgu
Ggd
Hal
Tsm
Pvg
Wsp
Bbu
Gst
Rgs
Bbbpu
Sls
Ssm
Asm
nsb
Sbs
Rsb

Ptm
Gsb
Rmb
Abd
sab
Rpp
bbt
Bml
Jmb
Syp
Jmb
Pls
Mks
दाङ । देउखुरीको रिहार मेला बिधिवत रुपमा शुक्रबार उद्घाटन गरिएको छ ।
मेलालाई लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश) ले बिधिवतका साथ उद्घाटन गरेका हुन् ।
बगारबाबा धार्मिक पर्यटन बिकाश क्षेत्रका अध्यक्ष रबिन्द्र खत्रीको अध्यक्षता तथा वडाध्यक्ष भेषबहादुर केसीको प्रमुख आतिथ्यमा मेलाको उद्घघाटन गरिएको हो ।
यो सँगै मेलाको शुरुवात भएको छ । चहलपहल बढेको छ । नयाँ ब्यबस्थापन सहित समिति स्वयमले मेला सञ्चालन गरेको छ । पहिलेका वर्षहरुमा टेण्डर प्रक्रियाबाट मेला लाग्ने गर्दर्थ्यो ।
धार्मिक क्षेत्र रिहारमा यसबर्ष आन्तरिक र बाह्य गरि करिब ३ लाख भक्तजनहरुले दर्शन गर्ने समितीको अपेक्षा छ । छिमेकी राष्ट्र भारतबाट भक्तजनहरुको भिड हुने समितीका अध्यक्ष रबिन्द्र खत्रीले बताए ।
नेपाल सरकारको एकसय पर्यटकिय क्षेत्र मध्यमा पर्ने धार्मिक क्षेत्र रिहारमा मामी सौरी मन्दिर, भएन पर्शु, बगारबाबा, गणेश मन्दिर, कालि, शिवको मन्दिर, झाँक्रि थान, बराह, तप्तकुण्ड, सुर्यकोण, कोटीहोम लगायतका क्षेत्रहरुमा भक्तजनहरुको घुँईचो लाग्ने गर्दछ ।
बगार बाबा र बराह मन्दिरमा भेडाको बलि दिने चलन छ । भाकल अनुसार भेडाको बलि चढाए मनोआकाँक्षा पूरा हुने बिश्वास गरिन्छ । त्यस्तै झाँक्रीथानमा कुखुराको बली दिईन्छ । त्यहाँ अबस्थित तप्तकुण्डमा स्नान गरेपछि जिवनभरीको पाप पखालिने बिश्वास रहँदै आएको छ । छालाका रोगहरु पनि निको हुने बिश्वास रहँदै आएको छ ।
माघे सँक्रान्तीको अबसरमा लाग्ने यस रिहार मेला माघको ३ गते सम्म चल्नेछ । रिहार मेलालाई मोटरबोट (डुँगा), मयुर नाच, चर्फे पिङ, जादुगर, डान्स, कुस्ती खेल लगायतले थप आकर्षण गरेको छ । रिहार मेलाको अबलोकन गरिदिन समितीले सबैमा आग्रह गरेको छ ।
