
Pes
Lnp
pku
Rgp
Pbu
sbs
Djs
Gfs
Unsku
Ggp
Srbpu
Sgr
cjs
Rgp1

Bbu
Ssm
nsb
Wsp
Rgu
Sls
Rgs
Ksm
Pvg
Vor
Ggd
Tsm
Asm
Rsb
Gst
Bbbpu
Hal
Rgu
Sbs

Jmb
Jmb
Rmb
Rpp
Pls
Syp
Bml
Mks
bbt
Gsb
Ptm
Abd
sab
दाङ । दाङ वन पैदावर काष्ठ उद्योग व्यवसायी संघ
देउखुरी उपत्यका उपसमितिको प्रथम भेला शनिबार देउखुरीको लमहीमा सम्पन्न भएको छ ।
उपसमितिका अध्यक्ष हरिप्रसाद चौधरीको अध्यक्षता तथा देउखुरी डिभिजन वन कार्यालय (लमही)दाङका निमित्त डिभिजन वन अधिकृत छोटेलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा लमही नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष दामोदर पौडेल,वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी (सागर) दाङ वन पैदावर काष्ठ उद्योग व्यवसायी संघ दाङका सहअध्यक्ष दिनेश कार्की लगायतकाले बोल्नु भएको थियो ।
दाङ वन पैदावर काष्ठ उद्योग व्यवसायी संघ
देउखुरी उपत्यका उपसमितिको सहकोषाध्यक्ष चुडामणि चौधरीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा बोल्ने वक्ताहरुले आफ्नो देशको काठ कुहिएर,जलेर बगेर जाने तर बाहिरको मलेसियन काठको आयात गरिने प्रविधिको अन्त्य गर्दै देशमा रहेका काठको प्रयोग गर्ने वातावरण सिर्जना गर्नु पर्ने बताएका थिए ।
त्यस्तै सो कार्यक्रममा लमही नगरपालिका वडा नम्बर २ का अध्यक्ष नेपालु चौधरी,३ का अध्यक्ष मनोज चौधरी,देउखुरी भरिका काष्ठ उद्योग व्यवसायीहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको संचालन दाङ वन पैदावर काष्ठ उद्योग व्यवसायी संघ देउखुरी उपत्यका उपसमितिका संयोजक जगत पुन मगरले गर्नु भएको थियो ।
यसैगरी उक्त भेलाले हरिप्रसाद चौधरीको अध्यक्षतामा ११ जनाको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा रामबहादुर बुढाथोकी,द्वितीय उपाध्यक्षमा यमबहादुर चौधरी,सचिव हनुमान चौधरी, सहसचिव सुरेन्द्र ठाकुर शर्मा,कोषाध्यक्ष ईश्वरीप्रसाद चौधरी,सदस्यहरुमा भरोस चौधरी,दया शंकर चौधरी,ठागुराम चौधरी,प्रमलाल चौधरी रहनु भएको छ ।

