
mbd
Ksm
Pbu
Gmk
Gisld
Mbdvs
Sds
Anm
Rbs

Sls
Pvg
Rgu
nsb
Bbbpu
Wsp
Hal
Gst
Bbu
Ksm
Ggd
Ssm
Rsb
Sbs
Asm
Tsm
Vor
Rgs
Rgu

Gsb
sab
bbt
Ptm
Abd
Jmb
Bml
Rpp
Syp
Jmb
Rmb
Mks
Pls
दाङ । विपि काेईराला युवा नेतृत्व विकास मञ्च क्षेत्र नं १ दाङले बिहीबार देउखुरीको राजपुर गाउँपालिकालाई ११ सय बढी माक्स हस्तान्तरण गरेको छ ।
विपि काेईराला युवा नेतृत्व विकास मञ्च राजपुर गाउँपालिकाका संयाेजक शिव कुमार यादकाे अध्यक्षता तथा विपि काेईराला युवा नेतृत्व विकास मञ्च क्षेत्र नम्बर १ दाङका सभापति किरण विक्रम शाहकाे प्रमुख आतिथ्यता र राजपुर गाउँपालिका उपाध्यक्ष धनपति देवी यादवकाे विशेष अातिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मञ्चले राजपुरका सेवाग्राहीहरुलाई माक्स वितरण गर्नका लागि गाउँपालिकालाई ११ सय,५० पिस माक्स हस्तान्तरण गरेको हो ।
विपि काेईराला युवा नेतृत्व विकास मञ्च क्षेत्र नं १ काे अायाेजनमा गणेशमान सिंह स्मृति दिवसकाे पुर्वसन्धामा वितरण गरिएको कार्यक्रममा राजपुर स्वास्थ संयाेजक, कमल रोकाय ,गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगी लगायतकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि शाहले उक्त मास्क गाउँपालिका उपाध्यक्ष यादवलाई हस्तान्तरण गर्नु भएको थियो ।
उक्त माक्स हस्तान्तरण गर्दै सभापति शाहले वर्तमान समयमा महामारी कोरोन भाइरस (कोभिड-19) को चपेटामा परेका नागरिकलाई थोरै भएपनि राहत हुने, विश्वासका साथ राज्यले लगाएको एकद्वार प्रणालीको निति मार्फत मञ्चले पालिकामा गएर माक्स हस्तान्तरण गरेको बताउनु भएको हो ।
त्यस्तै मञ्चले अहिले गढवा गाउँपालिका सिसहनिया, लमही नगरपालिकाको स्थानहरुमा माक्स बैंक स्थापना गरेर सेवा दिइरहेको छ भने राजपुर गाउँपालिकाको हकमा बजारीकरण नभएको हुँदा गाउँपालिका संग समन्वय गरेर स्वास्थ्य चौकी र गाउँपालिकामा सेवा लिउन आउने सेवा ग्राहीलाई सो सेवा प्रदान गर्नका निम्ति पहिलो चरणको माक्स हस्तान्तरण गरिएको सभापति शाहले सिधापत्र संग बताउनु भयो । उहाँका अनुसार अवस्था हेरेर पुर्ण दोस्रो चरणको यस्तै माक्स वितरण कार्यक्रम उक्त गाउँपालिकामा संचालन गर्न सकिने बताउनु भएको छ ।
