
Lnp
Gfs
Sgr
Pbu
Rgp1
Rgp
pku
Srbpu
Djs
Pes
Unsku
cjs
sbs
Ggp

Pvg
Hal
Sbs
Gst
Vor
Wsp
Sls
Rgu
Ksm
Bbbpu
Bbu
Rgs
Asm
Ssm
Ggd
Tsm
Rsb
Rgu
nsb

Jmb
Abd
Jmb
Ptm
bbt
sab
Rpp
Bml
Rmb
Gsb
Pls
Mks
Syp
दाङ। नेपाल कम्युनिस्ट पार्टी लमही नगरले लमही नगरपालिकामा भएका समस्याप्रति ध्यानाकर्षण जनाएको छ ।
नगरपालिकाले कार्यकारी प्रमुखमा कसलाई ल्याउने, कति समयसम्म राख्ने जस्ता विषयमा निर्णय लिन नसक्दा समग्र पालिकाको काम नै प्रभावित हुनेगरी भएका गतिविधिप्रति उक्त पार्टीले ध्यानाकर्षण जनाएको हो ।
नेपाल कम्युनिस्ट पार्टी लमही नगरका सेक्रेटरी पूर्ण खनालले हस्ताक्षरित गरेको प्रेस विज्ञप्तिमा भनिएको छ– ‘लमही नगरपालिकाले बिगत लामो समयदेखि कार्यकारी प्रमुखमा कसलाई ल्याउने, कति समयसम्म राख्ने जस्ता बिसयमा निर्णय लिन नसकी समग्र नगरपालिकाको काम कार्य नै प्रभावित हुनेगरी गतिविधि भएकाप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ ।
कार्यकारी प्रमुख सरुवा, थमौती जस्ता सामान्य विषयमा निर्णय लिन नसकी समग्र कार्यालयको काम प्रभावित पार्ने, आन्दोलन गर्ने, तोडफोड नै हुनेजस्ता कार्य सिर्जना हुनु दुःखद् बिषय हो । स्थानीय चुनावदेखि अहिलेसम्म निर्णय लिन नसक्नु नगर प्रमुखको समेत सक्षमतामाथि प्रश्न उठेको छ ।’
जनताबाट चुनाव जितेर गएका जनप्रतिनिधिहरु र कार्यालयको महत्वपूर्ण भूमिकामा रहेका कर्मचारीहरु बिचको आपसी खिचातानी, आ–आफ्नो स्वार्थपूर्तिको आकांक्षाको कारण जनतासंग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारको समेत महत्वपुर्ण भुमिकामा रहेको कार्यलयलाई आ–आफ्नो स्वार्थपूर्ति गर्ने थलो, भ्रस्टचारगर्ने थलो, राजनीतिक खिचातानी गर्ने थलो नबनाउन नगर प्रमुख, सम्पुर्ण जनप्रतिनिधिहरु, कर्मचारिहरु लगायत सबै सरोकारवाला पक्षहरुलाई अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै अब पनि लमही नगरबासी र समग्र जनताको कामलाई बेवास्ता गरि कार्यालयलाई अस्तब्यस्त बनाउने र नगरपालिकालाई अनिर्णयको बन्दी नबनाउन सबै सरोकारवाला पक्षलाई अनुरोध गर्दै जनतालाई छिटो, छरितो, सहज ढंगले सेवाप्रदान गर्न र लमही नगरपालिकाको तत्कालीन बिषयलाई गम्भीरताका साथ लिइ समयमै समस्याको समाधान नगरे जनतासहित संघर्ष र आन्दोलनमा जाने समेत पार्टीले यसै विज्ञप्ति मार्फत जानकारी गराएको छ
।
