
pku
cjs
sbs
Srbpu
Lnp
Sgr
Pes
Gfs
Unsku
Rgp1
Ggp
Pbu
Rgp
Djs

Sls
Hal
Asm
Ggd
Rsb
Tsm
Wsp
Sbs
Ssm
Bbbpu
Rgu
Gst
Pvg
Rgu
Bbu
Vor
Rgs
Ksm
nsb

sab
Rmb
Jmb
Abd
Pls
Jmb
Syp
Rpp
Bml
bbt
Ptm
Mks
Gsb
दाङ । राजपुर गाउँपालिकाले बैंक मार्फत वडा नम्बर १ को वडा कार्यलयबाट आज सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु भएको छ ।
वडादेखि बैंकसम्म पुग्न टाढा पर्ने लाभग्रहीलाई मध्यनजर गरेर वडाबाट वितरण गर्न सुरु गरेको हो । यस भन्दा अगाडि हिजो भने सोही वडामा सेवाग्राहीहरूद्वारा ताल्चा लगाइए पश्चात् ३ बुँदे सहमतिमा ताला खोलिएको थियो।
त्यस्तै राजपुर गाउँपालिकाले यस वडासंगै पहिलो चरणको सामाजिक सुरक्ष भत्ता अहिले सम्म ७,६ र २ वडाबाट वितरण गरिसकेको छ। अहिले भने १ वडामा वितरण प्रकृया भइरहेकाे छ र अब वडा नम्बर ३ र ४ गरी २ वटा वडा मात्र बाँकी रहेकाे राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिए।
उनले वडाबाट वितरण गर्दा लाभग्रहीहरू प्रत्यक्ष सहभागी हुने बैंकमा लाइन बस्ने झन्झबाट मुक्त हुनुका साथै लाभग्राहीहरूको यातायात खर्च पनि बच्ने उद्देश्यले यस किसिमको सुविधा गरेको बताए। उनले यति सम्म सुविधा गर्दैगर्दा पनि आफूलाई एउटा कुरामा दुःख लागेकाे बताएका छन्। उनले आफूलाई सधैँ भरी जनताकाे पक्षमा अडिने मान्छे तर हिजो वडा नं १ मा वडाकाे सही नेतृत्व नभएकै या बैंक कै कारणले भएको नराम्रो व्यवहारले आफूलाई दुःख लागेको बताए।
उनले आफू राजपुर गाउँपालिकाकाे अध्यक्ष हुँदा हरेक वृद्ध नागरिकले कुनै पक्षमा दुःख नपाउन भन्ने धारणा रहेको बताए। अबकाे यस पछाडीकाे समयमा सम्पुर्णलाई समय सक्षेप भत्ता उपलब्ध गराउने बताएका छन्। यसै सन्दर्भमा बाँकी वडाहरूमा पनि छिटै बितरण हुने तयारी भइरहेकोे जानकारी प्राप्त भएको छ ।
लगभग कुल ४ सय सेवा ग्राहीहरू रहेको १ नंबर वडामा पहिलो चरणमा १ सय ५७ जना भत्ता प्राप्त गरिसकेका छन् भने केही लाभग्रहीहरूको कागजात मिलाउनु पर्ने भएकाले भत्ता बितरणमा केही ढिलाई भएको वडाले जनाएको छ । भोली पनि भत्ता वितरण कार्य नियमित रहेको जनाइएको छ।
राजपुर गाउँपालिका उपाध्यक्ष धनपति देवी यादवले आफ्नो प्रमुख आथित्यमा वडा नं. १ मा एक बृद्धलाई भत्ता उपलब्ध गराउँदै जेष्ठ नागरिक लगायत सबै लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सुरु गरेकी हुन् ।
