
Rgp
Sgr
Ggp
Lnp
Unsku
Srbpu
Rgp1
pku
Pbu

Tsm
nsb
Pvg
Rgu
Wsp
Sbs
Rgs
Vor
Bbu
Asm
Rgu
Rsb
Bbbpu
Ssm
Sls
Ksm
Gst
Ggd
Hal

Rpp
Rmb
Syp
Abd
Bml
Ptm
Pls
bbt
Jmb
Gsb
Jmb
Mks
sab
दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ पत्थरगढवामा बिहीबारदेखि २ दिने उद्घोषणकला तथा नेतृत्व विकास तालिम सुरू भएको छ ।
वडा कार्यालयको आयोजनामा तालिम सुरू भएको हो । वडा अध्यक्ष दिपककुमार चाैधरीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष चाैधरीले बोल्ने सिपको विकास बिना जिवनको कुनै औचित्य नहुने बताएका छन् । त्यसका लागि उनले हरेक नागरिकमा बोल्ने सिपको विकास र नेतृत्व गर्ने क्षमता हुन आवश्यक रहेको बताएका छन् ।
साथै वडा अध्यक्ष चाैधरीले उद्घोषण तथा नेतृत्व गर्ने क्षमता भए मात्र आफू भित्र र समाजको विकास हुने बताउँदै सहभागीहरूलाई अनुशासित पुर्वक तालिममा सहभागी हुन सुझाव दिएका थिए ।
त्यस्तै तालिममा वडा अध्यक्ष,सदस्यहरू र युवा, बालबालिका गरि २० जनाको सहभागीता रहेको छ भने उक्त तालिमको प्रशिक्षकमा देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता रहेका छन् । कार्यक्रमको सञ्चालन वडा सचिव मंगलप्रसाद चाैधरीले गरेका थिए ।
