सिधा-पत्र(काईमबिट) मंगलबार, मंसिर १३, २०७९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखलाई बालुवाटार बोलाएर विशेष धन्यवाद दिएका छन् ।

प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको भन्दै नेपाल प्रहरी प्रमुख धिरजप्रताप सिंह र सशस्त्र प्रहरी प्रमुख राजु अर्याललाई बालुवाटार बोलाएर देउवाले धन्यवाद दिएका हुन् ।

त्यसक्रममा दुवै सुरक्षा निकायका प्रमुखले निर्वाचनका बेला देशभर भएका घटनाबारे ब्रिफिङ पनि गरेका थिए । स्रोतका अनुसार आईजीपी सिंहले चुनावका दिन १४ जिल्लामा २२२ राउण्ड गोली चलेको ब्रिफिङ गरेका थिए । त्यसक्रममा ४८ राउण्ड अश्रूग्याँस प्रहार गरिएको थियो । स्रोतका अनुसार चुनावका दिन बाजुरामा एकजनाको मृत्यु भएको विषयमा प्रधानमन्त्री देउवाले जिज्ञासा राखेका थिए ।

त्यस्तै जवाफमा आईजीपी सिंहले घटनामा २२ जनाविरुद्ध किटानी जाहेरी परेको र दुईजना पक्राउ परिसकेको बताएका थिए । ‘यो विशुद्ध आपराधिक कारण भएको घटना थियो’, उनले भनेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले उच्च व्यवसायिकताका साथ निर्वाचन सम्पन्न गराएको भन्दै सम्पूर्ण प्रहरी अधिकृत र जवानलाई पनि प्रधानमन्त्री देउवाले बधाईं भनेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]