
Rsb
Usb
Tgp
Nsb
Ksb
Ksb
Rks
Gsb
Csb
Ssb
Ppu
Ksb
Ssb
Bsn

Gsb
Tsb
Hl1
Usb
Ssb

Nps
ptl
Rgu
दाङ । दाङमा पहिरो सँगै लमही-घाेराही सडक खण्ड अन्तरगत लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर देखि करिब २ किलोमिटर उत्तर जँगलमा पक्कि सडक भाँसिदा आवागमनमा समस्या भएको छ ।
आइतवार विहान ५ बजेको समयमा सडकको दायाँ पट्टीकाे भाग खाेलामा पहिराे बनेर झरेपछि आवात,जावातमा समस्या बढेको हो । सडक भाँसिदा दुबै साइड चिराचिरा परेको प्रहरीले जनाएको छ,भने अहिले उक्त सडक मर्मतका लागि वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक पाेष्ट लमहीकाे टाेली जेसिबि सहित सो स्थानमा पुगेकाे वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल थपलियाले जानकारी दिनु भयो ।
